– जे पाण्डे
संविधानसभासदस्यको निर्वाचनमा रहेका एमालेका उपाध्यक्ष वामदेव गौतमले निर्वाचनपछि प्रधानमन्त्री हुने दावी गरेका छन् । चुनाव प्रचारमा रहेका भएका बर्दिया क्षेत्र नम्बर १का उम्मेदवार तथा एमालेका उपाध्यक्ष गौतमले एमालेबाट आफू मात्र प्रधानमन्त्रीको दावेदार भएको बताए ।
सशस्त्र प्रहरी बल लिएर भोट माग्दै हिँडेका गौतमले बर्दियाको बासगडी बजारमा मंगलबार कान्तिपुरसितको कुराकानीमा एमालेले आफू बाहेक अरु नेतालाइ प्रधानमन्त्री नबनाउने दावी गरे । ‘एमालेबाट म मात्रै प्रधानमन्त्रीको दावेदार हुँ’ उनले भने,’ अब प्रधानमन्त्री हुने पालो पनि मेरै हो ।’
गौतमले निर्वाचनमा हस्तक्षेप गर्ने गरी एमाओवादी बर्दियाको पूर्वी उत्तर क्षेत्रमा आफना कार्यकर्ताहरुलाई सैन्य तालिम दिएको आरोप पनि लगाए । उनले बर्दियाका ४वटै जिल्लालाई एमालेको ‘लालकिल्ला’ बनाउने चुनाव प्रचार अघि बढाएको बताए ।