राजधानीका सेलिब्रेटी लिएर प्रचार गर्दै भट्टराई रुपन्देहीमा सेलिब्रेटीले भने ‘एमाओवादी दुलाहा एमाले जन्ती’

वाम वुद्धिजीवी तथा साहित्यकार खगेन्द्र संग्रौलाले एमाओवादीलाई दुलाहा र एमालेलाई जन्तीको संज्ञा दिँदै जन्तीको कहिले पनि भूमिका नहुने बताएका छन् ।
एनेकपा माओवादीका नेता तथा रुपन्देही क्षेत्र नं ४ का उम्मेदवार डा.बाबुराम भट्टराईलाई भोटमाग्न बुधवार वुटवलमा आयोजना गरेको चुनावी सभामा आएका संग्रौलाले एमाओवादीलाई दुलाहा र एमालेलाई जन्तीको संज्ञा दिदै जन्तीको कहिले पनि भुमिका नहुने बताए।
संविधान र निर्वाचनलाई विवाहको यज्ञ भएको बताउँदै उनले एमाले जहिले पनि जन्तीको भुमिकामा रहेको वताए । उनले दुलाहाको भुमिकामा एमाओवादी रहेको दाबी गरे ।
सभामा उनले भने,’ तपाई जन्तीलाई भोट दिनु हुन्छ की दुलाहालाई ? उनीसँगै भट्टराईको चुनावी सभामा सहभागी हुन आएका राजनीतिक बिश्लेषक हरि रोकाले परिवर्तनको यात्राको साथ दिने पार्टी एमाओवादी मात्र भएको बताए ।
उनले सम्वृद्ध नेपाल निर्माणको लागि यस निर्वाचन क्षेत्रमा डा.बाबुराम भट्टराईबाहेक अन्य कुनै उम्मेद्वार उपयुक्त नभएको पनि दाबी गरे । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य समेत रहेका चलचित्रकर्मी अशोक शर्माले नेपालको भविष्यको रेखा कोर्ने पार्टी एमाओवादी भएकाले संविधानसभाको निर्वाचनमा एमाओवादीलाई भोट दिनु पर्ने सुझा दिए ।
सोही कार्यक्रममा राष्ट्रिय जनमोर्चा तथा एमाले पार्टी परित्याग गरी १ दर्जनभन्दा बढी एमाओवादीमा प्रवेश गरेका छन् । भट्टराईले उनीहरुलाई टिका लगाएर पार्टी प्रवेश गराए ।
घरदैलो कार्यक्रममा विश्लेषक तथा वुद्धिजीवी खगेन्द्र संग्रौला, हरि रोका, चलचित्रकर्मीहरु केपी पाठक, मौसमी मल्ल, रवीन्द्र खड्का, राजेन्द्र खड्गी, सुवास गजुरेल, अशोक शर्मा, प्रदीप उदयलगायतका कलाकार तथा विश्लेषकहरु सहभागी थिए ।