बाबुआमाले गरे आफ्नै छोरीको हत्या

रुपन्देहीमा बाबुआमाले आफ्नै छोरीलाई बञ्चरो प्रहार गरि हत्या गरेका छन ।
करौटा ७ का महेश यादव र उनकी श्रीमतीले १९ वर्षीया छोरी मन्जुलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
चार महिनाअघि भारतको महाराजगंजमा विवाह भएकी मन्जु माईती आएको बेला मंगलबार बेलुकी बाबुआमाले हत्या गरेका हुन् । यादव दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।