हिन्दूहरुको दोस्रो ठुलो चाड तिहार सुरु/आज काग तिहार

 
यम पञ्चकको पहिलो दिन शुक्रबार कागलाई मीठो-मीठो खान दिएर काग तिहार मनाइँदैछ । शुभ -अशुभ दुवै प्रकारका सन्देश बाहकका रूपमा कागलाई प्रत्येक दिन बिहान खाना खानअघि घरको कौसी वा छानामा भात पन्छाउने चलन भए पनि यस दिन रोटीका साथै अन्य परिकारसमेत खुवाउने गरिन्छ ।
कागले अशुभ सन्देश पनि ल्याउने हुनाले काग कराउनसाथ ‘शुभबोल’ भन्ने चलन छ । यसै दिन भैषशास्त्रका धनन्वन्तरिले अवतार लिएको शास्त्रोक्तकथन अनुसार धनत्रयोदशी मानेर वैद्यराजहरूले धन्वन्तरि पूजा गर्ने परम्परा छ । यस दिनदेखि भाइटीकासम्म यम पञ्चक मनाइन्छ । तिहारभर विशेष प्रकारको गीत गाएर घरघरमा गई भैलो र द्यौसी खेल्ने गरिन्छ ।