यमपञ्चक सुरु, आज कागतिहार

 नेपालीको दोस्रो ठूलो चाड दीपावली आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया गरी पाँच दिनसम्म तिहार मनाउने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ ।

बहिनी यमुनालाई धर्मात्मा यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाएको र यमुनाले दाजुलाई पुजेका कारण यस पर्वलाई यमपञ्चक भनिएको पुराणमा उल्लेख छ 

तिहारलाई दाजुबहिनी वा भाइबहिनीको प्रगाढ सम्बन्धको प्रतीकको रुपमा लिइने गरिन्छ । भाइटीकाको दिन दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने गर्छन् भने दिदीबहिनीले विभिन्न परिकार दिएर पूजा गरी माला पहिराउँछन् ।

उक्त कार्यबाट आपसी स्नेहमा वृद्धि भई दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ । भाइटीकाको साइत कात्तिक १९ गते बिहान ११ बजेर २७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

झिलिमिली उज्यालो, फूलैफूलको रमझम, मिठाइ तथा सेलका परिकार खाने, घरपालुवा र घरआँगन निकट रहेका पशुपक्षीप्रति सम्मान, देउसीभैलो र अन्य नाचगान, नेपालको मौलिक सम्वत् नेपाल सम्वत्को प्रारम्भ, आफ्नो जीवनको आत्मसमीक्षा गरिने पूजा अर्थात् म्हपूजा पनि तिहारका विशेषतामा पर्दछन् ।
आज कागतिहार
यमपञ्चकको पहिलो दिन आज कागतिहार समस्त नेपालीले आ-आफ्नो घरआँगनमा कागलाई बोलाई विभिन्न परिकारको चारो दिएर पूजा गर्ने गर्दछन् ।

आजका दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास छ । नेपाली समाजमा कागलाई सन्देशवाहक पक्षीका रूपमा लिने गरिन्छ । बिहानपख काग कराएमा त्यसलाई शुभ साइत मानिन्छ । आज साँझ यमदीप दान गरिन्छ ।

तिहारको दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धन र गोरुपूजा तथा नेवार सम्प्रदायमा म्हःपूजा (आत्मपूजा) गर्ने प्रचलन र अन्तिम दिन भाइटीका गरी जम्मा पाँच दिन तिहार मनाइन्छ ।

तिहारको लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटीका समेत गरी तीन दिन नेपाल सरकारले सरकारी विदासमेत दिने गरेको छ । लक्ष्मीपूजा र गोवर्द्धन पूजाको दिन केटाकेटी तथा युवा जम्मा भई आ-आफ्ना छिमेकीका घरघरमा पुगी देउसी-भैलो खेल्ने प्रचलनका कारण तिहारलाई सांस्कृतिक पर्व पनि भनिन्छ ।

वैदिक कालमा बली राजाले आ