– प्रेमनारायण आचार्य
अर्घाखाँची । नेपाली काग्रेस क्षेत्र नम्बर १ को प्रचार प्रसार कार्यक्रम अन्तर्गत घरदैलो, तथा चुनाबी सभा कार्यक्रम डिभर्ना का बिभिन्न वार्डमा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसका पुर्ब मन्त्री तथा नेता ढुण्डीराज शास्त्रीले एमाओबादीका कारण संबिधान सभाको भंग भएको बताउनु भएको छ । उहाले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
कार्यक्रममा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्धार डा. रामबहादुर बिसीले २०६४ सालको संबिधानसभाको निर्बाचन जस्तो धाधली नभइ अहिले शान्ति पुर्णरुपमा हुने भएकाले अत्याधिक मतले नेपाली काग्रेसले जिल्लाका दुबै क्षेत्र जित्ने दाबी गर्नु भएको छ । उहाले जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेसको प्रमुख भुमिका रहेको भन्दै अधिकांस बिकास निर्माणका कार्यहरु काग्रेसको नेतृत्वमा भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्काले देसलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएको बताउनु भयो । जिल्ला सदस्य बिष्णुप्रसाद खनाल मुस्कान अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित भएकोले संबिधान पनि बन्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला सदस्य कृण खनाल, ताराप्रसाद श्रेष्ठ, केसबराज कुवर, सेनानी संघका इन्द्रबहादुर क्षेत्री, तरुण दलका अहमत हुसेन, फर्सुराम कुवर, नेबिसंघका बिष्णु बन्जाडे, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा बिभिन्न पाटी परित्याग गरि ३० जना नेपाली काग्रेसमा प्रबेस गरेका छन । कार्यक्रम डिभर्ना गाँउ कार्य समितिका सभापति रामबहादुर बस्यालको अध्यक्षता र रेसौराज आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।