बाबु रोका मगर”अपरिचित”
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
पानी भित्र भ्यागुताहरुको दुनियाँ अती खुलम खुल्ला मजा सँग चलीरहेको थियो | न कुनै चिन्ता थियो त न कुनै कुराको समस्या | सबै आ-आफ्नो काम मा मस्त थिए |
एक दिन केही भ्यागुता हरुलाई एउटा राजाको जरुरत भएको महसुस हुन लाग्यो | उनिहरुले सोचे अनी एक आपस मा सल्लाहा गर्न थाले हामीहरु यतिकै बस्न ठीक हुँदैन | कती राम्रो? कि यदी हाम्रो पनि कुनै राजा होस | हाम्रो संबिधान होस | कुनै नियम कानुन होस | आहा…कस्तो होला है त्यो दिन? केही अरु भ्यागुताहरु पनि उनिहरुको यो कुरा मा सहमती भएको बताए | सबै मिलेर सोचे कि किन देवताहरुको राजा ‘मार्टिन’ सँग आफ्नो राजाको लागि प्राथाना नगर्ने? प्रथाना गरौं न है |
यही सोचेर भ्यागुताहरु ‘मार्टिन’ सँग गए अनी प्रथाना गरे | कि उनिहरुलाई एउटा राजा दिनु पर्यो जो उनीहरु माथी शासन चलाओस,उनिहरुलाई अनुशासनमा राखोस,कुनै कानुन को दायरा भित्र चल्न सिकाओस | ‘मार्टिन’ भ्यागुताहरुको यो कुरा सुनेर पहिले त खुब हाँसे | केही क्षण पछी मार्टिन ले एउटा काठ को ठुलो मुडो नजिकै को पोखरी मा फ्याकी दिए | सबै भ्यागुताहरु डराए | सबै भ्यागुताहरु यो देख्न को लागि पोखरी को किनार मा आए कि यती ठुलो आवाज कहाँ बाट आयो | केही समय सम्म त्यो काठ को मुडो त्यहाँ बाट हलचल गरेन | अनी केही साहसी भ्यागुता त्यस पोखरी बाट काठ को मुडा मा आएर त्यस मुडोलाई हात लगाएर मसार्न थाले तर पनि मुडो हल्लिएन |
केही क्षेण पछी सबै भ्यागुताहरुको हिरो मुडा माथी उफ्रिएर आयो अनी नाच्न थाल्यो यो पछी सबै भ्यागुताहरु पनि त्यही मुडो माथी नाच्न थाले | अब उनिहरुले यसैलाई नै आफ्नो राजा मान्न थाले | मुडो ले केही बोल्दैन थियो सबै पहिलेकै जस्तै थियो त्यसैले भयागुताहरुलाई यो राजा मन परेन | उनिहरुले फेरी मार्टिन सँग प्रथाना गरे अनी भन्न लागे कि हामीहरु एउटा साँच्चैको राजा चाहन्छौ जो सही तरिकाले हामीहरु माथी शासन चलाऊन सकोस |
अब मार्टिन लाई खुब रिस उठ्यो | उनले ति भ्यागुताहरुको बिचमा एउटा सारस पठाइदिए जसले ति भ्यागुता हरुलाई एक-एक गरी खान शुरु गर्यो | अब भ्यागुताहरुलाई खुब पछुतो लाग्यो तर यतिबेला धेरै अवेर (ढिला) भई सकेको थियो | उनिहरुलाई यो कुराको जानकारी भयो कि राजा भन्दा राम्रो यही हुन्छ कि कोही राजा न भएकै राम्रो |