अर्घाखाँचीमा चुनाव: ठुला दलका नेताहरुकै कारण देश अनिर्णयको बन्दी बनेको ढुण्डरीराज शास्त्री भनाई

प्रेमनारायण आचार्य
 
सन्धिखर्क, अर्घाखाँची  । नेपाली कांग्रेसका प्रभावशाली तथा समाजवादी नेता तथा पूर्व मन्त्री ढुण्डरीराज शास्त्रीले ठुला दलका नेताहरुकै कारण देश अनिर्णयको बन्दी बनेको बताउनुभएको छ । उहाँले ठुला दलकै नेताहरु आफ्नो स्वार्थ पुरा गर्न मात्रै लाग्दा देशमा राजनीतिक अस्थिरता रहिरहेको बताउनुभयो । 
  रिपोर्टर्स क्लव नेपाल   अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता शास्त्रीले सबै दलहरु मिलेर संविधान जारी गर्नु पर्ने बताउनुभयो । उहाँले दलिय सहमति कायम नभएसम्म राजनीतिक सक्रमणकालको अन्त्य नहुने भन्दै सहमति सहकार्य र एकताबाट मात्र देशले निकास पाउने बताउनुभयो । नेता शास्त्रीले नेपालको राजनीतिक परिस्थिति जटिल हुँदा देशमा विकास निर्माणका काम तिव्र गतिमा अघि वढ्न नसकेको बताउनुभयो । कांग्रेसले बहुमत ल्याएमा मात्र सहमतिका आधारमा संविधान जारी हुने बताउँदै उहाँले राष्ट्रको निकासको लागि जनताले कांग्रेसलाइ जिताउँने दावी गर्नुभयो ।
   कार्यक्रममा एकिकृत नेकपा माओवादीका समानुपातिक उम्मेदवार ठाकुर कुमार  विकले एमाओवादीले दुइतिहाइ बहुमत ल्याउने दावी गर्नुभयो । उहाँले एमाओवादीले  दुइ तिहाइ मत ल्याएमा जनपक्षिय संविधान बन्ने बताउनुभयो ।
 
       नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार निर्मला क्षेत्रीले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसको विजयीले मात्र देशले निकास पाउने बताउनुभयो । उहाँले दास्रो संविधानसभाको निर्वाचनमा कांग्रेसले भारी मतले विजयी हासिल गर्ने ठोकुवा गर्नुभयो । उहाँले महिलाको उच्च सम्मान गर्ने पार्टी कांग्रेस मात्र भएको भन्दै कांग्रसले महिलालाई इतिहास देखि अहिले सम्म उच्च स्थान दिएको जिकिर  गर्नुभयो ।  
नेकपा एमालेका समानुपातिक उम्मेदवार पिताम्मर शारुले एमालेमा सबैलाई मिलाएर लैजाने खुवी भएकाले एमाले ठुलो पार्टी भएमा संविधान जारी हुने निश्चित भएको बताउनुभयो । उहाँले एक आपसमा आरोप प्रत्यारोप भन्दा सबै मिली संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।  
   प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जिल्लाको निर्वाचन शान्त पूर्ण सम्पन्न हुने बताउनुभयो  । उहाँले आचारसंहिता उलंघनको विषयलाई कडाइका साथ निगरानी गरिएको बताउनुभयो । उहाँले आचारसंहिता उलंघन गर्ने  सबैलाई सचेत गराइसकिएकाले अहिले उलंघनका घटनामा कमि आएको बताउनुभयो । प्रजिअ पाठकले नेकपा माओवादी सँग शान्ति पूर्ण रुपमा चुनाव वहिस्कार गर्ने अधिकार गरेपनि विथोल्ने अधिकार नरहेको बताउँदै कसैले निर्वाचन विरोधी गतिविधि गरेमा कडा कारवाही हुने बताउनुभयो । 
मुख्य निर्वाचन अधिकृतको कार्यलयका सहायक निर्वाचन  अधिकृत गोविन्द घिमिरेले अचारसंहिता उलंघनका घटना घटेको उजीरी परेपछि अनुगमनलाई तिव्र पारिएको बताउनुभयो ।
 कार्यक्रमा  नेकपा एमाओवादीका जिल्ला संयोजक गोविन्द के.सी, नेपाली काग्रसका जिल्ला सचिव वासुदेव आचार्य, नेकपा एमालेका जिल्ला सहसचिव प्रेम गैरे, नेकपा माओवादीका राज्य समिति सदस्य कृष्णहरि भुसाल, नागरिक समाजका मोती खनाल लगायतले मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र अर्जुन भुसालको सञ्चालमा सम्पन्न भएको हो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु