यसपालि भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११.२७ बजे

काठमाडौं   – नेपाल पञ्चांग निर्णयक समितिले यसपालि भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११.२७ बजे रहेको जनाएको छ । 
तिहारको अन्तिम दिन भाइटीकामा दिदी-बहिनीले दाजुभाइलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै पूजा गरी निधारमा सप्तरंगी ठाडो टीका र गलामा मखमलीको माला पहिराई मिठाइ भोजन गराउने चलन छ ।
पाँचदिने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन शुक्रबारबाटै देशभर घर, चोक, बस्ती र नगर जताततै बत्तीले झिलिमिली पारिएको छ । तेस्रो दिन आइतबार बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गरियो । नाचगानसहित भैलो खेलियो ।
चौथो दिन सोमबार गोवर्धनको पूजामा गोबरको पहाड बनाएर पुजिन्छ । बहर र बलिराजाको पनि पूजा गरिन्छ । नेवार समुदायमा म्हः पूजा हुनेछ ।
RSS