काग्रेस क्षेत्र नम्बर २ को नुवाकोट गाविसका बिभिन्न स्थानमा चुनाबी सभा सम्पन्न

– प्रेमनारायण आचार्य 
नुवाकोट, अर्घाखाँची  । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा नेता मानबहादुर विश्वकर्माले २०६४ सालको संबिधानसभाको निर्बाचन जस्तो धाधली नभइ अहिले शान्ति पुर्णरुपमा हुने भएकाले ढुक्क भएर निर्बाचनमा सहभागि भै मतदान गर्न आग्रह गर्नु भएको छ । 
निर्बाचनलाइ स्वच्छ, निश्पक्ष र धाधलीरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकार,नेपालका सुरक्षा सम्यन्त्र परिचालन भएकाले यो निर्बाचन स्वच्छ हुनेमा सबै बिश्वस्त हुनु पर्ने बताउनु भयो । 
नेपाली काग्रेस क्षेत्र नम्बर २ ले अर्घाखाँचीको नुवाकोट  गाविसका बिभिन्न स्थानमा भएका  चुनाबी सभामा मन्तब्य राख्दै  काग्रेस केन्द्रिय सदस्य बिकले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ । 
  नेपाली काग्र्सकी केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर २ कि उम्मेद्धार पुस्पा भुसालले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै निर्बाचनमा आफुहरु कमजोर भएको देखेर एमाओबादी र एमालेले देसका बिभिन्न स्थानका काग्रेस कार्यक्रता माथी आक्रमण गर्न सुरु गरेको बताउनु भयो । उहाले अर्घाखाँची जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको र अझ सशतm रुपमा जनताका समस्यालाई बुझेर अगाडि बढ्र्ने बताउनु भयो । 
     काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालल मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको  संबिधान पनि  बन्ने बताउनु भयो ।
पुर्ब जिल्ला सभापति तथा महाधीबेसन प्रतिनिधि पिताम्बर शर्माले देसलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएको बताउनु भयो ।
  कार्यक्रममा काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले  अर्घाखाँचीको बिकासका लागि नेपाली काग्रेसलाइ जिल्लाका दुबै क्षेत्रबाट काग्रेसलाइ दुइ तिहाइ मतका साथ बिजयी गराउन आग्रह गर्नु भयो । 
  कार्यक्रममा  जिल्ला सचिब लोकेन्द्र बिकले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदनु भयो । जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्काले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ । 
 कार्यक्रममा महासमिति सदस्य लक्ष्मी श्रेष्ठ, महाधीबेसन प्रतिनिधि शान्ता भण्डारी, कमल बिक,  जिल्ला सदस्य कृष्णप्रसाद शर्मा, आमन्त्रति सदस्यहरु प्रेमनारायण बेल्बासे,,  रामबहादुर परियार, क्षेत्र नम्बर २ का सभापति मणिराम पौडेल, दलित संघका सभापति मणिराम परियार, भुपु सैनीक संघ महिला बिभागकी केन्द्रिय उपाधयक्ष जीमा अर्याल, नेपाली काग्रेसका दिनेशमणि घिमिरे, चन्द्रा गैरे, तरुण दलका नारायण खत्री,   लगायतले मनतब्य राख्नु भएको थियो । 
कार्यक्रम काग्रेस नुवाकोटका सभापति खिमप्रसाद श्रेष्ठ( असोक) को अध्यक्षता, र सचिब नारायण खनालको  सञ्चालन सम्पन्न भएको हो । 

अन्य समाचारहरु