काग्रेस क्षेत्र नम्बर १ को प्रचार प्रसार कार्यक्रम अन्तर्गत चियापान तथा चुनाबी सभा कार्यक्रम बल्कोटमा सम्पन्न

-प्रेमनारायण आचार्य 
बल्कोट, अर्घाखाँची  । नेपाली काग्रेस क्षेत्र नम्बर १ को प्रचार प्रसार कार्यक्रम अन्तर्गत चियापान तथा चुनाबी सभा कार्यक्रम बल्कोटमा सम्पन्न भएको छ । 
    कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसका नेता तथा पुर्ब मन्त्री रेवतीप्रसाद भुसालले एमाओबादीका कारण संबिधान सभाको भंग भएको बताउनु भएको छ । उहाले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै  नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ । 
कार्यक्रममो अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्धार डा. रामबहादुर बिसीले   २०६४ सालको संबिधानसभाको निर्बाचन जस्तो धाधली नभइ अहिले शान्ति पुर्णरुपमा हुने भएकाले अत्याधिक मतले नेपाली काग्रेसले जिल्लाका दुबै क्षेत्र जित्ने दाबी गर्नु भएको छ  ।  उहाले जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेसको प्रमुख भुमिका रहेको भन्दै अधिकांस बिकास निर्माणका कार्यहरु काग्रेसको नेतृत्वमा भएको बताउनु भयो ।  
कार्यक्रममा नेपाली काग्रेसका अंचल समन्वय समितिका सदस्य तथा महाधीबेसन प्रतिनिधि बिष्णुप्रसाद खनाल मुस्कानले  देसलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएको बताउनु भयो ।  जिल्ला उपसभापति हहिर आचार्यले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित  भएकोले  संबिधान पनि  बन्ने बताउनु भयो ।
 कार्यक्रममा जिल्ला सदस्य कृण खनाल,बालकृष्ण पाण्डे, महाधीबेसन प्रतिनिभि लेखनाथ पोख्रेल, काग्रेसका बाबुराम पौडेल, अनीता ज्ञवाली, समसेरदिन मिया, नसिरदिन मिया, लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम काग्रेस बल्कोटका सभापति बिष्णु भुसालको अध्यक्षता र तरुण दलका अध्यक्ष पिताम्बर खनालको सञ्चालनमा सम्पन्न भएको हो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु