– प्रेमनारायण आचार्य
ढिकुरा, अर्घाखाँची । नेपाली काग्रेस निर्बाचन क्षेत्र नम्बर २ को चुनाबी प्रचार प्रसार कार्यक्रम अन्तर्गत घरदैलो, कोण सभा तथा चुनाबी सभा कार्यक्रम ढिकुरा गाविसका बिभिन्न स्थानमा सम्पन्न भएका छन ।
कार्यक्रममा मन्तब्य राख्दै केन्द्रिय सदस्य तथा नेता मानबहादुर विश्वकर्माले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ । उहाले देसलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएको बताउनु भयो ।
नेपाली काग्र्सकी केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर २ कि उम्मेद्धार पुस्पा भुसालले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै निर्बाचनलाइ स्वच्छ, निश्पक्ष र धाधलीरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकार,नेपालका सुरक्षा सम्यन्त्र परिचालन भएकाले यो निर्बाचन स्वच्छ हुनेमा सबै बिश्वस्त हुनु पर्ने बताउनु भयो । उहाले निर्बाचनमा आफुहरु कमजोर भएको देखेर एमाओबादी र एमालेले देसका बिभिन्न स्थानका काग्रेस कार्यक्रता माथी आक्रमण गर्न सुरु गरेको बताउनु भयो । उहाले अर्घाखाँची जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको र अझ सशतm रुपमा जनताका समस्यालाई बुझेर अगाडि बढ्र्ने बताउनु भयो ।
काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालल मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको संबिधान पनि बन्ने बताउनु भयो ।पुर्ब जिल्ला सभापति तथा महाधीबेसन प्रतिनिधि पिताम्बर शर्माले देसलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएको बताउनु भयो ।
कार्यक्रममा काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले अर्घाखाँचीको बिकासका लागि नेपाली काग्रेसलाइ जिल्लाका दुबै क्षेत्रबाट काग्रेसलाइ दुइ तिहाइ मतका साथ बिजयी गराउन आग्रह गर्नु भयो । जिल्ला सचिब लोकेन्द्र बिकले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदनु भयो । जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्काले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
जिल्ला सहसचिब तथा समानुपातीक उम्मेद्धार निर्मला क्षेत्रीले देसलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएको बताउनु भयो ।
कार्यक्रममा जिल्ला सदस्य धर्मराज भुसाल, गोपाल प्रसाद घिमिरे, ज्ञानबहादुर बिक, अमिर हाम्जा, महाधीबेसन प्रतिनिधि शान्त भण्डारी, प्रितमबहादुर थापा कमल बिक, क्षेत्र नम्बर २ का सभापति मणिराम पौडेल, सचिब हेमन्त बेल्बासे, क्षेत्रीय सदस्य केसब रिजाल, सिता पराजुली, दलित संघका सभापति मणिराम परियार, भुपु सैनीक संघ जिल्ला अध्यक्ष गोपाल सिंह अर्याल, नेपाली काग्रेसका बालकृष्ण पाण्डे, खाँचीकोट सभापति बिष्णुप्रसाद भुसाल, नुवाकोट सभापति खिमप्रसाद श्रेष्ठ असोक, धनचौरका सभापति मानबहादुर रायमाझि, शंकर शाह, नेबिसंघका जिल्ला सचिब युबराज पाण्डे, तरुण दलका त्रिलोक साह, काग्रेसका उमेस घिमिरे, लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम काग्रेस ढिकुराका सभापति बिष्णुप्रसाद मरासिनीक को अध्यक्षता, हप्रिसाद दमासेको स्वागत मन्तब्य र सचिब ताराप्रसाद घिमिरेको सञ्चालन सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।