प्रेमनारायण आचार्य
भगबती, अर्घाखाँची । नेपाली काग्रेस क्षेत्र नम्बर १ को चुनाब प्रचार प्रसार कार्यक्रम अन्तर्गत कोण सभा , तथा घरदैलो कार्यक्रम भगबती गाविसमा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेस क्षेत्र नम्बर १ का उम्मेद्धार डा. रामबहादुर बिसीले देसलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएको बताउनु भयो । उहाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित भएकोले संबिधान पनि बन्ने बताउनु भयो ।
कार्यक्रममा काग्रेसका जिल्ला सदस्य देबराज श्रेष्ठले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित भएकोले संबिधान पनि बन्ने बताउनु भयो ।
कार्यक्रममा महाधीबेसन प्रतिनिधि लेखनाथ पोख्रेल, पुर्ब राजदुत डा. दिनेश भटराइ, काग्रेसका नेताहरु हेमनाथ भटराइ, चन्द्रकान्त आचार्य,विश्वमणि ज्ञवाली, डा. मुक्ति श्रेष्ठ, शहिद पुत्री अनीता ज्ञवाली,लगायतले मन्त्ब्य राख्नु भएका ेथियो ।
कार्यक्रम भरत घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । त्यस्तै आजै मरेंगको देउरालीमा पनि चुनाब प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । त्यसै गरि नेपाली काग्रेस क्षेत्र नम्बर १ को प्रचार प्रसार कार्यक्रम अन्तर्गतस घरदैलो तथा चुनाबी प्रचारप्रसार कार्यक्रम अर्घामा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसका नेता तथा पुर्ब मन्त्री रेवतीप्रसाद भुसालले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
कार्यक्रममा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्धार डा. रामबहादुर बिसीले एमाओबादीका कारण संबिधान सभाको भंग भएको बताउनु भएको छ । उहाले अहिले निर्बाचन शान्ति पुर्णरुपमा हुने भएकाले अत्याधिक मतले नेपाली काग्रेसले जिल्लाका दुबै क्षेत्र जित्ने दाबी गर्नु भएको छ । उहाले जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेसको प्रमुख भुमिका रहेको भन्दै अधिकांस बिकास निर्माणका कार्यहरु काग्रेसको नेतृत्वमा भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य कृष्णप्रसाद खनाल, महाधीबेसन प्रतिनिधि लेखनाथ पोख्रेल, क्षेत्रीय प्रतिनिधि भेसबहादुर बिसी, अर्घा काग्रेसका सभापति झबिन्द्र खड्का उपसभापति उत्तमसिंह ठकुरी, नारायण चुदाली लगायतको उपस्थिति रहेको थियो हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।