नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुननरसिंह केसीको निर्वाचन घरदैलोमा रहेको गाडीमाथि पेट्रोल बम प्रहार भएको छ । नुवाकोटको ३५ किलो भन्नेस्थानको जुरेथुममा घरदैलो गर्दै गरेको समयमा केसीको चुनाव प्रचारमा प्रयोग भएको कार्यकर्ता चढेको गाडीमा बम प्रहार भएको हो ।
काठमाडौंबाट नुवाकोटको विदुरमा हुने सभामा भाग लिन जाने क्रममा बाटोमा पर्ने आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्दैगर्दा पेट्रोल बम प्रहार भएको नेता केसीले जानकारी दिए ।
बम प्रहारबाट मानिसलाई केही नभएपनि गाडीमा भने सामान्य क्षति पुगेको छ । बम कसले प्रहार गरेको भन्ने खुल्न सकेको छैन । -RSS
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।