६ महिनामा संबिधान लेख्ने रेवतीप्रसाद भुसालको दाबी

प्रेमनारायण आचार्य 
अर्घाखाँची   । नेपाली काग्रेसका नेता तथा पुर्ब मन्त्री रेवतीप्रसाद भुसालले काग्रेसलाई दुइतिहाइ मत दिएर बिजय बनाएमा ६ महिनामा संबिधान लेख्ने दाबी  गर्नु भएको छ । नेपाली काग्रेसप्रति देशभरनै जनलहर चलेकाले  मंसिर ४ पछि नेपाली काग्रेस देशको पहिलो शतिm हुने डरले एकीकृत माओबादी र एमाले अतिएको बताउनु भयो 
बल्कोट, केरु.गा र छत्रगञ्ज र ठुलापोखरामा भएका घरदैलो, कार्यकब्रता भेटघाट तथा चुनाबी प्रचार कार्यक्रमलाइ समर््बोधन गर्दै नेता भुसालले  देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण गर्ने पाटी नेपाली काग्रेसमात्र भएकाले  देसलाइ निकास दिनका लागि काग्रेसलाई दुइतिहाइ मत दिन आग्रह गनु भयो । 
कार्यक्रममा जिल्ला उपसभापति हरिहर आचार्यले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै  नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
कार्यक्रममा जिल्ला सदस्य सदस्य केसबराज कुवर, गोपाल भुसाल,  आमन्त्रित सदस्यहरु मधब भुसाल, बाबुराम पौडेल,महाधीबेसन प्रतिनिधि लेखनाथ पोख्रेल, क्षेत्रिय काबा सभापति केदारनाथ भुसाल, तरुण दलका अध्यक्ष पिताम्बर खनाल, काग्रेसका हुमलाल पौडेल, तुल्सी पाण्डे, बिष्णु भुसाल, शिक्षक संघका उपाध्यक्ष नारायण पौडेल लगायतले मन्तब्य राखेका थिए । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु