चुनाव,संबिधान अनी बर्तमान परिस्थिती

बाबु रोका मगर”अपरिचित” 
मंसिर ४ गते संबिधान सभाको चुनाव हुने भयो रे ? खै के हो? होला जस्तो लाग्दैन ? किन न हुने संबिधान सभाको चुनाव? हुन्छ |
यस्तै यस्तै कुराहरु यतिबेला नेपाल मा संबिधान सभाको चुनाव गर्ने चहलपल बढेको छ |
चुनाव तोकेको मिती अनुसार नजिकै आइपुगेको छ | सबै पार्टी का दलहरुले आ-आफ्नो सर्त जारी राखी रहेका छन | संबिधान जस्तो सम्वेदनशिल बिषय को वास्ता नगरी सबैले आफु नेता बनेको सपना बुन्दै छन | एक आपास मा खिचातानी गर्दै छन | सडक मा यातायात बन्द छन | छिमेकी हरुले मौकाको फाईदा उठाउने अबसर पाइरहेका छन | के थाहा यही मौका छोपी भोली हाम्रो देश नेपाल माथि हस्तक्षेप न गर्लान भन्न सकिन्न? दक्षिण तर्फ को सिमाना तिर रात-दिन भारतीय हरुको घुसपैठ भाईरहेको छ | सिमाना मा बस्दै आएका नेपालीहरु को वेदनाहरु बुझ्ने कोशीस आज सम्म कुनै दल का नेताहरुले गर्न भ्याए का छैनन | साँच्चै नै संबिधान बन्ने भए यो सात बर्ष किन कुर्न परेको थियो ? संबिधान बनाउन यतिका समय लाग्ने त्यही माथि सबै नेता मन्त्री को कुर्सी ताक्ने | अरे नेता ज्यू अलिकत पनि सरम लाग्छ भने यदी आफुलाई नेता हुँ भनेर चिनाउनू छ भने देश र जनता को लागि केही त गर्नु होस |
खै त माओवादीको दश बर्षे जनयुद्दको उद्देश्य के थियो? ति सोझा निर्दोश जनताहरु को रगत को मुल्य कस्ले कहिले चुकाउछ? लास माथि फुल राख्दैमा ति शाहीद का सपनाहरु पुरा हुँदैन |  के पाए जनताहरु ले? सधैं को नेपाल बन्द? के आबश्यक छ? के वाध्यता छ? कि नेपाल बन्द नै गर्नु पर्छ भनेर यो बाहेक अरु गर्न केही पनि आउँदैन? यदी कुनै पनि राजनीतिक दलको देश र जनता प्रती लगाव छ भने नेपाल बन्द होइन आफ्ना घटिया सोच र कुबिचारलाई बन्द गरौ | के समस्याको हल भनेको नेपाल बन्द नै हो त? यदी हो भने नेपाल लाई सधैं का लागी बन्द गरिदेउ कमसेकम नेपाल आमा लाई बारम्बार मुर्छा पर्नु त पर्दैन किन पटक-पटक् छातीमा किलो गाड्ने? एकै पटक प्राण लिएपछी तड्पिनु त पर्दैन |
अझ दु:ख को कुरा त यो लाग्छ नियम पनि कस्तो बनाएको होला? “गाडी चलाऊने लाई एसएलसी पास देश चलाऊने लाई औठाछाप” यो बिषय बाट स्पस्ट थाहा हुन्छ कि नेपाल को राजनीतिक पार्टीमा के कस्ता योग्य नेताहरुको बोलाबाल छ | एउटा सिङो राष्ट्र निर्माण को लागी औठाछाप जस्ता नेताहरुको भर मा के संबिधान बन्ला? नियम को पनि एउटा हद हुन्छ बोल्न सक्यो,तगडा भाषण गर्न सक्यो भन्दैमा त्यस्तो व्यक्तीहरु  लाई नेता को रुप मा स्विकार्ने हो भने देशको अवस्था र भबिश्य कस्तो होला? यसपटक को चुनाव मा प्राय साम्सद् र समानुपातिक मा उठ्नु भएका नेता ज्यू हरुको प्रोफाइल यस्तै छ |  Under Eight Pass 
एक्काइसौ सताब्दी मा पनि यस्तो गती छ हाम्रो देश नेपाल को राजनीतिक क्षेत्र मा | राम्रो सँग नेपाली बोल्न समेत नजान्ने पैसा अनी गुण्डा गर्दी को आड्मा नेता बन्न दिने यो एउटा ठुलो कमजोरी हो नेपाल सरकार को | अब बन्ने सरकार ले भाबी दिनहरुमा नेता हरुको छनौट कम्तिमा पनि एसलसी पास गरेको ब्यक्तिलाई चुन्ने प्रयत्न गरोस | होइन भने शिक्षा को कुनै महत्व हुने छैन |   
कहिल्यै न देखेका र नाम पनि न सुनेका ब्यक्तिहरु यस् पटक को उम्मेदवार भएर उपस्थित भएका छन | यतिबेला नेताहरुले आफु जन्मेको ठाउँ मेरो क्षेत्र भन्दै भोट माग्दै गाउँ-गाउँ पसेका छन | बल्ल याद आएको छ आफु जन्मेको स्थल | काम सकियो दु:ख बिर्सियो | होसियार रहनु गाउँबासीहरु मान्छे चिनेर मात्र भोट दिने निर्णय गर्नु होला | हाम्रो गाउँ हाम्रो गरीबी पचास बर्ष पछी पनि यस्तै रहने हो तपाईं हाम्रा सम्स्या हरु कहिल्यै समाधान हुँदैनन एउटा उखान पनि भनी हालौ “मान्छे चिन्नु खशी किन्नु”| किन नेता ज्यूहरु चुनाव जिती सकेपछी गाउँ अनी जन्मस्थल भुल्नु हुन्छ ?
महंगाइ ले सिमा नाघी सक्यो धनीहरु दिनका दिन धनी हुँदै गएका छन | गरीब सधैं को गरीब,प्रदेश पस्नेहरु दिनका दिन हजारौ को सँख्या मा आफ्नो रगत पसिना सस्तो मुल्य मा बेच्न वाध्य भएका छन | बन्द हुनु पर्ने त यि समस्या हरु हुन तर कहिले ? के यही थियो त लोकतान्त्रिक गणतन्त्र को उद्देश्य? यो समस्या को समाधान कस्ले गर्ने ? यस पटक पनि संबिधान बनेन भने नेपाल र नेपाली ले ठुलो संकट भोग्नु पर्ने छ | यसको जिम्मेवार को हो त ?
अन्तमा हामी सबै नेपालीहरु चाहन्छौ अबको संबिधान ले नेपाल र नेपाली हरु को मुहार पक्कै परिवर्तन गर्नेछ | मुख्य कुरो नेपाल-भारत को खुल्ला सिमाना सधैं का लागि बन्द गरियोस | खुल्ला सिमान भएको कारण नेपाल र नेपाली हरुको जनजीवन अस्तव्यस्त छ | साथै मंसिर ४ गते हुन गईरहेको संबिधान सभाको चुनाव शान्ती पुर्वक होस भन्ने उपक्षा राख्द छौ |