काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले मतदाता परिचयपत्र र मतपत्रको दुरुपयोग नहोस् भन्नेमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताएको छ ।
पर्यवेक्षण तयारी सम्बन्धमा नियोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले मतदाता परिचयपत्र र मतपत्रको दुरुपयोग हुने सम्भावना ब्यापक रहेको बताए ।
उनले समग्रमा निर्वाचनको तयारी सन्तोषजनक भएपनि मतदानको दिन बहिष्कारवादीको सम्भावित हस्तक्षेपलाई निस्तेज पारी निर्भयका साथ मतदान गर्ने वातावरण तयार बन्नुपर्ने बताए ।
यस पटक निर्वाचन अनुगमन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु ह्वात्तै घटेको भन्दै नियोगले शान्तिपूर्ण, स्वच्छ र धाँधलीरहित निर्वाचन हुनेमा आश्वस्त हुन नसकिएको बताएको छ । Imagechannels