सन्धिखर्क, अर्घाखाँची । मौन अवधिमा अर्घाखाँचीका उम्मेदवारहरु मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुर्याउने अभियानमा सक्रिय भएका छन् । उनीहरुले मत बदर नहोस् भनेर घर-घरमा गएर मतदातालाई मत हाल्न सिकाउने कामसमेत थालेका छन ।
मतदाताहरु भने यसपटक भयरहित वातवरणमा निर्वाचन सम्पन्न हुने विश्वासमा जुटेका छन् ।
नयाँ मतदातादेखि बृद्धाबृद्ध समेत मत हाल्न आतुर देखिएका छन् । अघिल्लोपटकमा जस्तो डर र त्रासको वातवरण नभएकालेपनि यसपटक मतदाताहरुमा बढी उत्साह भएको देखिन्छ ।
यसपटक उम्मेदवारहरुले राष्ट्रिय एजेण्डालाई भन्दा स्थानीय मुद्दाहरुलाई उठाएर मतदातालाई उत्साही बनाएका छन । स्थानीय स्तरमा पुल, बाटो, सिंचाई जस्ता योजना सवैले राजनीतिक मुद्दा बनाएर मतदाता माझ गएका थिए ।
जिल्लामा भएका विकास निर्माणको जस लिने र हुन नसकेको पुरा गराईदिने आश्वसन उम्मेदवारहरुले मतदाताहरुमाझ दिएका छन ।
मतदाताहरुले राष्ट्रिय राजनीतिमा के गरेभन्दापनि स्थानीय विकास निर्माणमा के के गरौ भन्ने प्रश्न राख्ने गरेका थिए ।
यो पनि …………
– वीरेन्द्र केसी
स्वतन्त्र सहित ११ दलका २२ उम्मेदवार चुनावी मैदानमा उत्रिएपनि प्रमुख तीन दलबीच नै प्रतिष्पर्धा देखिन्छन । एमाओवादी, काग्रेस र एमालेका उम्मेदवारले आफुले चुनाव जित्ने दावी गर्दै गाउँ घुमेर मत मागिरहेका छन ।
सबैले आफनो प्रचार प्रसारलाई गाउँ वस्तीसम्म पु-याएका छन । दुवै क्षेत्रमा चुनावी प्रतिष्पर्धा देखिएपछि धेरैको ध्यान क्षेत्र नं. १ तिर तानिएको छ । १ मा एमाओवादीबाट टोपबहादुर रायमाझी, काग्रेसका डा.रामबहादुर विसी र एमालेका नरेन्द्र कुमार क्षेत्रीबीच कडा प्रतिष्पर्धा देखिएको छ । तीनै दलको बलियो संगठन भएकाले आफनै दाउमा लागेका छन । २०४८ र ०५१ सालमा बहुमत ल्याएर काग्रेसले जितेका थियो । २०५६ मा एमाले र राष्टिय जनमोर्चाको तालमेलमा राजमोका डिलाराम आचार्यले जितेपछि गुमेको क्षेत्र ०६४ को चुनावमा पनि एमाओवादीका रायमाझीले जितेपछि गुमेको क्षेत्र अहिले हात पार्ने दाउमा काग्रेस छ ।
२०६४ मा गुमेकाले अहिले सके दुवै क्षेत्र नभए एउटा क्षेत्रमा भएपनि जित्ने दाउमा एमाले छ । एमाले जसरी पनि जितेर अस्तित्व कायम गर्ने पक्षमा छ । तर ०६४ को जस्तो सहज रायमाझीलाई छैन । काग्रेस एमालेले एमाओवादी मतदाताका हिसाबले तेस्रो शक्ति भएको र प्रतिष्पर्धा नभएको दावी गर्छन । तर एमाओवादीले भने काग्रेस एमालेका मतलाई आफनो प्रभावमा पारेर चुनाव जित्ने दाउमा छ । चुनाव जितेपछि मैले गरेको विकास निर्माणका काम पुरा गर्न पनि आफुले जित्नुपर्छ, रायमाझी दावी गर्छन, वाकी रहेका अधुरा कामलाई पुरा गर्न जनताले जिताउछन । प्रतिष्पर्धी भन्दा आफु धेरै मतले विजय हुने दावी उनको छ । बाबुराम भटराईका निकटम रायमाझीले तीन पटक मन्त्री भएको बेला जिल्लामा धेरै विकास निर्माणका काम गरेकाले गाउँमा रहेका सन्तुलित भोट रायमाझीलाई खस्ने र २०६४ भन्दा अहिले सबै गाविसमा संगठित संगठन नै जित्ने आधार भएको एमाओवादीको दावी छ ।
काग्रेसले डा.विसी पुराना लोकप्रिय उम्मेदवार भएकाले र पुरानो पाटी संगठन कायम रहेकाले जित्ने दावी गरेको छ । यो पटक मैले जित्छु विसी भन्छन, काग्रेसले घोषणापत्रमा उठाएको मुद्धा नै काफी छ, अरुको हल्ला भएपनि जित मेरै हुन्छ, जनलहर नै काग्रेसमा छ । एमालेबाट सर्वसम्बत उम्मेदवार क्षेत्रीले पनि जनमतका हिसाबले एमाओवादीको स्थान तेस्रो भएकाले प्रतिष्पर्धा काग्रेससँग भएपनि आफुले जित्ने दावी गर्छन । एमालेको नीति राम्रो मानेर अरु पाटी छाडेर आउनेको लहर आएको, एमाले नभएपनि व्यक्तिगत भोट धेरै खस्ने र टोल-टोलसम्म सक्रिय संगठित बलियो संगठन नै आफनो जित्ने आधार भएको क्षेत्रीको दावी छ । उनी भन्छन, यस क्षेत्रबाट काग्रेस, राजमो, माओवादीलाई जनताले हेरिसके अब मलाई जिताएर हेर्नेछन । क्षेत्र नं. २ मा २०६४ को चुनावमा जितेकी केन्द्रिय सदस्य पुष्पा भुसाललाई काग्रेसले पुनः उम्मेदवार बनाएको छ । यो क्षेत्रमा पनि २०४८ र ०५१ मा काग्रेसले नै जितेको थियो ।
०५६ मा राजमोसँगको एकतामा एमालेका डा.डिल्लीराज खनालसँग भुसाल पराजित भएकी थिईन । ०५६ मा जितेका आचार्य र खनाल २०६४ मा हारेपनि अहिले एमाओवादीमा छन । राम्रो प्रभाव भएका खनालले एमाले छाडेपछि र भुसालले धेरै विकासका काम गरेकाले चुनाव जित्नेमा काग्रेस ढुक्क छ । एमालेले डा. बुद्धिजीवि संगठनका केन्द्रिय सदस्य डा. दुमन थापालाई र एमाओवादीले केन्द्रिय सदस्य विष्णुहरि शर्मालाई उम्मेदवार बनाएको छ । थापाले भन्छन, मसँग विकास निर्माण र रोजगारीको योजना छ र एमालेप्रति हलर नै आएकाले आफुले जित्नेमा दुईमत नभएको दावी गर्छन । एमालेको आफनो गाउँ आफै बनाउको नारा नै लोकप्रिय भएकाले एमालेलाई जिताउने थापाको दावी छ । २०६४ मा भन्दा अहिले गाउँ स्तरमै पाटी संगठन र काग्रेस एमालेबाट धेरै आएकाले आफुने जित्ने दावी एमाओवादीका शर्माको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।