राष्ट्रिय जनमोर्चाका कार्यकर्ताको आक्रमणमा नेवि संघ जिल्ला अध्यक्षसहित परिवारका ७ जना घाइते

वाग्लुङ – राष्ट्रिय जनमोर्चाका कार्यकर्ताको आक्रमणमा नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष हरिहर शर्मासहित परिवारका ७ जना घाइते भएका छन्। 
खाना खाएर राति बसिरहेका परिवारका सबैमाथि खुकुरी र रड लिएर आएको समूहले आक्रमण गरेको थियो
शर्माकी आमा नर्वदा, बुबा केदारनाथ, भाइहरु राम, प्रेम र गोविन्द तथा बहिनी गंगा घाइते भएका छन्। नर्वदा, केदारनाथ, राम र प्रेम गम्भीर घाइते भए। उनीहरुलाई नेपाली सेनाको सुर्यदल गणले घटनास्थल पुगेर प्राथमिक उपचार गरी थप उपचारका लागि मिणिपाल अस्पताल पोखरा पुर्‍याएको छ। 
शर्माको गाउँमा जैदी ५ मा उक्त घटना भएको हो।
त्यही समूहले नेपाली कांग्रेस जैदी गाउँ सभापति बमबहादुर खत्री, शारदा प्राविका प्रअ अरुण पौडेल, युगनाथ शर्मा लगायतकाको घर तोडफोड गरेको छ। राष्ट्रिय जनमोर्चाले कंग्रेस, एमाले र एमाओवादीलाईसमेत आक्रमण गरिसकेको छ। NAGARIKNEWS