काठमाण्डौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणको समय आज पनि थप गरेको छ । आयोगले आइतबारसम्मका लागि मतदाता परिचयपत्र वितरणको समय निर्धारण गरेको थियो ।
आसन्न संविधानसभा निर्वाचनका लागि एक करोड २१ लाख ४७ हजार ८ सय ६५ जना मतदाता रहेका छन् । ती मतदाताका लागि गत कात्तिक २९ गतेदेखि सबै जिल्लामा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरेको थियो ।
कात्तिक २८ गतेदेखि सुरु भएको कल सेन्टरमा हालसम्म एक हजार २ सय जनाले निर्वाचनसम्बन्धी सूचना, जानकारी लिएको आयोगले जनाएको छ । – onlinekhabar