बिहान ५ बजेदेखि राति १२ बजेसम्म सवारी चलाउन नपाइने

काठमाडौं  – सरकारले मंगलवार बिहान ५ बजेदेखि राति १२ बजेसम्म सवारी चलाउन नपाइने जनाएको छ ।
गृहमन्त्रालयका अनुसार अनुमति प्राप्त सवारी बाहेक कुनै पनि सवारी र हवाई यातायात चलाउन नपाइने जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले मतदान केन्द्रमा कुनै पनि मतदाताले मोबाइल, क्यामेराजस्ता विद्युतीय सामाग्री लैजान प्रतिबन्ध लगाएको जानकारी दिए ।
उनका अनुसार मतदान केन्द्रमा काम गर्ने कर्मचारीले पनि विद्युतीय सामाग्री प्रयोग गर्न पाउँदैनन् । EKANTIPUR