गोरखा – जिल्ला प्रहरी कार्यालय गोरखाको करिब चार सय मिटरको दुरीमा रहेको शक्ति उमावि विद्यालयको मतदान केन्द्र नजिकै सोमबार साँझ ठुलो आवाजमा बम पड्केको छ ।
विद्यालयको भवन पछाडि मतदान केन्द्र भन्दा करिब एक सय मिटरको दुरीमा डेटोनेटर केप नामको बम पड्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यालयको भवन पछाडि खाली बारीमा बम पड्केको प्रहरी निरिक्षक रामचन्द्र पौडेलले जानकारी दिए । सोहि ठाँउमा नपड्केको एक थान डेटोनेटर समेत प्रहरीले फेला पारेको छ ।
घटना स्थल आसपास कुनै घर नभएकाले कुनै भौतिक तथा मानविय क्षति भने भएको छैन । प्रहरीले चुनाव बहिष्कारमा रहेको नेकपा-माओवादीले बम विष्फोट गराएको हुन सक्ने आंशका गरेको छ । बम पड्के लगत्तै त्यस क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका थिए । विष्फोटको आवाज सँगै सदरमुकामबासी त्रसित भएका छन् । EKANTIPUR