मतदाताले मोबाईल बोक्न नपाइेने

जिल्ला सुरक्षा समितिले मतदानको दिन मतदानस्थलको चार किल्लामा कुनै किसिमका सञ्चार उपकरण बोक्न नदिने निर्णय गरेको छ । मंसिर ४ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मोबाइल सम्ममा प्रतिबन्ध लगाइएको छ ।
सोमबार जारी गरिएको सूचनामा निर्बाचनमा प्रभाव पर्नसक्ने भएकाले यस्तो निर्णय गरिएको जनाइएको छ । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीवाहेक अरुलाई मोबाईल, क्यामेरा, सलाई, लाईटर तथा तरल पर्दाथ युक्त बोत्तल बोक्न समेत प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए ।
 
Source:Ekantipur