संविधानसभाको दोस्रो निर्वाचन आज मुलुकभर एकै पटक विहान ७ बजे सुरु भएर साँझ ५ बजे सम्पन्न भएको छ । सामान्य झडप र केही बुथको मतदान स्थगित बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । देश निर्वाचन पर्यवेक्षण समिति नेपालले एक विज्ञप्ति निकालेर अघिल्लो संविधानसभाको निर्वाचन भन्दा यस पटकको निर्वाचन छिटपुट घटना बाहेक शान्तिपुर्ण भएको जनाएको छ । उसले निर्वाचन शान्तिपूण्र्ढा रुपमा सम्पन्न गरेको भन्दै सरकार र निर्वाचन आयोगलाई बधाई पनि दिएको छ । गृहमन्त्रालयले पनि छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी गरेको छ ।
उसले जुम्लाको दुई बुथको निर्वाचन मात्र स्थगित भएको जनाएको छ । निर्वाचनको क्रममा ६० भन्दा बढी ठाउमा विष्फोटको घटना भएको जानकारी समेत दिएको छ । भरी ६७ प्रतिसत मत खसेको प्रारम्भीक मतदान भएको अनुमान गरिएको छ । काठमाडौमा ८५ र सिराहा ५ मा ८५ प्रतिसत मतदान भएको छ । २०६४ साल चैत २८ गते भएको संविधानसभाको निर्वाचन र त्यसपछि बनेको पहिलो संविधानसभाको निर्वाचन संविधान नबनाई विघठन भएपछि आज दोस्रो निर्वाचन गरिएको हो । आजको निर्वाचनमा १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका मुलुकभरका १ करोड २१ लाख ४७ हजार ८ सय ६५ जना मताधिकार प्रयोगलाई योग्य थिए ।
मतदान सकिएपछि नेपाली सेनासमेतको सुरक्षा घेरामा निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पु