अर्घाखाँचीका मतदाता भन्छन सेनाकै कारण मत हाल्न पाईयो


तस्बिर: – वीरेन्द्र केसी, अर्घाखाँची डट्कम 

 

– वीरेन्द्र केसी


सन्धिखर्क, अर्घाखाँची । जिल्लाका सबै मतदान केन्द्रमा चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । सबैले विनाडरत्रासपुर्ण मतदान गर्न पाए ।

 

क्षेत्र नं. १ मा एमाओवादीका टोपबहादुर रायमाझी, काग्रेसका डा.रामबहादुर विसी र एमालेका नरेन्द्र कुमार क्षेत्रीबीच कडा प्रतिष्प्रर्धा देखिन्छ भने राष्टिय जनमोर्चाका सन्तबहादुर नेपालीले पनि प्रतिष्प्रर्धाको पछिपछि नै देखिन्छन । क्षेत्र २ मा काग्रेकी पुष्पा भुसाल, एमालेका दुमन थापाबीच प्रतिष्प्रर्धा देखिन्छ भने एमाओवादीका विष्णुहरि शर्मा पनि प्रतिप्रर्धाको नजिक देखिन्छन । एक स्वतन्त्र सहित २१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । 



मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । काग्रेसकी समानुपाति उम्मेदवार निर्मला क्षेत्रीले क्षेत्र १ को वागी गाविसबाट पटक भोट हाल्न पाईन । २०४८ देखी ०६४ सम् मभोट हाल्न पाएकी थिईन, उनले भनिन, भोट हाल्न पाउदा लोकतन्त्र आएजस्तो लाग्यो । यसभन्दा अघिका चुनावको रातभर  जंगल, रुख र ओडारमा बस्न बाध्यता थियो, मतदान केन्द्रमा जादा बीचबाट विपक्षीले फर्काईदिन्थे ।



 चुनावको बेला गाउँमा डरत्रास हुन्थ्यो तर यसपाली भएन, ५० वर्षीय योगेन्द्र खडका भन्छन, जहा जसको शक्ति छ उसैले मात्र भोट हाल्न पाउथ्यो, मैले पनि पहिलो पटक भोट हाल्न पाए, खुली लाग्यो । गाउँमा लडाई झगडा हुने बाटो छेक्ने, घरघेरा हाल्ने, तोडफोड गर्ने र मतदान केन्द्र कब्जा गर्ने जस्ता क्रियाकलाप जिल्लाभर कही पनि भएनन् । 



प्रहरीले मतदान केन्द्रमात्रै सुरक्षा दिन्थ्यो तर गाउ

अन्य समाचारहरु