एतिहासिक दोस्रो संविधानसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, मतगणना जारी

 दोस्रो संविधानसभाको निर्वाचनका लागि मंगलबार भएको मतदान छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले नेपालको इतिहासमै सबैभन्दा बढी प्रतिशत मतदाताले निर्वाचनमा सहभागिता जनाएको भन्दै हर्ष प्रकट गरेको छ । बुधबार विहान ८ बजेदेखि काठमाडौंलगायत केही सुगम जिल्लाको मतगणना सुरु हुने भएको छ ।
मोहन बैद्य किरण नेतृत्वको नेकपा माओवादीसहितका ३३ दलको बहिस्कारका बावजुद मंगलबार १० घण्टासम्म भएको मतदानमा ७० प्रतिशतभन्दा बढी मतदाताले मत खसालेका छन् ।