काठमाडौं – नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनावमा शक्ति दुरुपयोग गरेको आरोप लगाएको छ ।
मोर्चाले सम्पूर्ण शक्तिको दुरुपयोग गरेर गरिएको निर्वाचनले जनताको संविधान नबन्ने र वर्तमान सङ्कटको राजनीतिक निकास दिन नसक्ने टिप्पणी गरेको छ ।
‘राजनीतिक निकासको लागि जुनसुकै परिस्थितिमा पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद रराष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन,’ मोर्चाका नेता एवं माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले फेरिपनि सबै राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय सहमति कायम गर्न सरकार, राजनीतिक दलहरु र नागरिक समाजसँग हार्दिक आग्रह गर्दछौं ।’
राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचन गर्न सरकार र चार दललाई दबाब दिन गरिएको यातायात हड्ताल सफल भएको मोर्चाको दाबी छ ।
‘४ दलीय सिण्डिकेटको निषेधात्मक राजनीति र राज्यशक्तिको दुरुपयोग गर्दै निरङ्कुश ढङ्गले गरिएको दमनका बावजुद पनिचक्काजाम र बहिष्कार आन्दोलन सफलतापूर्वक सम्पन्न भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘त्यसको लागि चक्काजाम तथा बहिष्कार आन्दोलनमा सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय जनसमुदायमा ३३ दलीय राजनीतिक मोर्चा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’
मोर्चाले चक्काजाम र बहिष्कार आन्दोलनको क्रममा राज्यको सम्पूर्ण शक्ति दुरुपयोग गरेर दमन, धरपकड र आतङ्क सिर्जना गरेको आरोप लगाएको छ । मोर्चाले देशभर ५ सय जनाभन्दा बढी नेकपा-माओवादी सहित ३३ दल सम्बद्ध नेता, कार्यकर्ता र समर्थकहरुलाई गिरफ्तार गरी झु