काठमाडौं क्षेत्र नम्बर १० मा एमाओवादी पुष्पकमल दाहाल प्रचण्डले चुनाव हारेँ, कांग्रेसका राजन केसी ७ हजार बढी मतले विजयी

काठमाडौ – काठमाडौं-१० मा नेपाली कांग्रेसका राजन केसी ७ हजार बढी मतले विजयी भएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल त्यहाँबाट प्रतिस्पर्धी रहेकाले क्षेत्र चर्चामा थियो । उनले १२८५२ मत प्राप्त गरी तेस्रो स्थान पाएका छन् । एमालेका सुरेन्द्र मानन्धर १३६१५ मत पाएर तेस्रो भएका छन् । यसअघिको निर्वाचनमा दाहाल त्यही क्षेत्रबाट धेरै मत अन्तरले विजयी भएका थिए ।
 
पूर्व प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्डसँग केसीले अघिल्लो निर्वाचनको बदला लिएका छन्। २०६४ को संविधान सभा निर्वाचनमा प्रचण्ड २३ हजार भोट ल्याएर विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी यीनै केसी थिए। त्यतिबेला केसीले १२ हजार भोटमा चित्त बुझाउनुपरेको थियो। 
 
माओवादी अध्यक्षलाई आफूले रोजेको क्षेत्रमा हार बेहोर्नुपर्ने स्थिति आएको छ। यसैबीच माओवादीले संविधान सभा निर्वाचन भएको दुई दिनपछि मतदान प्रक्रिया स्थगित गर्न माग गर्दै गणना बहिष्कार गरेको छ।