काठमाडौ – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर निर्वाचन प्रक्रियाबाट अलग नहुन आग्रह गरेका छन् ।
उनले परिणामबाट हतास नहुन समेत आग्रह गरेको पौडेल निकट स्रोतले जनाएको छ ।
०३६ सालमा अप्रत्यासति नतिजा आउँदा पनि वीपी कोइरालाले नतिजा स्विकार गरेको स्मरण गराउँदै पौडेलले दाहललाई प्रक्रियाबाट अलग नहुन आग्रह गरेका हुन् । त्यसै सम्बन्धमा पौडलले ११ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । भने एमाओवादीले ९ बजे पत्रकार सम्मेलन गर्दैछ । एमाओवादी प्ररम्भिक परिणामबाट असन्तुष्ट हुँदै मतगणना परक्रियाबाट अलग भएको छ ।
यसैबीच कांग्रेस महामन्त्री प्रकाशमान सिंहले माओवादीको बहिष्कारलाई अलोकतान्त्रिक चरित्र भनेर टिप्पणी गरेका छन् ।
बानेश्वरस्थित मतगणना स्थल आइपुगेका सिंहले सञ्चारकर्मीसँग कुरा गदै जनताको म्याण्डेट सबैले मान्नुपर्ने उल्लेख गरे । ‘गत निर्वाचनमा हाम्रो पराजयलाई हामीले स्विकार गरेका थियौं,’ उनले भने ‘लोकतन्त्रको चरित्र अनुसार माओवादीले चल्नुपर्छ ।’
EKANTIPUR