एमाओवादीका नेता तथा पूर्व प्रधानमन्त्री बावुराम भट्टराई गोरखा क्षेत्र नम्बर १ बाट २२ हजार ८ सय २४ मत ल्याएर बिजयी भएका छन् । उनी निकटतम प्रतिद्धन्द्धी भन्दा १३ हजार ८ सय ५३ मत अन्तरले विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणबावु श्रेष्ठले ८ हजार ९ सय ७१ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र १ मा एमालेका उमेद्वार रामशरण बस्नेतले ४ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । कुल ३९ हजार एक सय ७३ मत खसेको मुख्य छ । खसेको मध्ये १ हजार ५ सय ९८ मत बदर भएको थियो ।
पहिलो संविधान सभा निर्वाचनमा भट्टराई गोरखा क्षेत्र नं. २ बाट निकटतम प्रतिद्धन्द्धी भन्दा ४० हजार मत अन्तरले ४६ हजार मत ल्याएर बिजयी भएका थिए । setopati.com