एमाले माधवकुमार नेपाल रौतहट र काठमाडौं दुबै क्षेत्रबाट विजयी

नेकपा एमाले नेता माधवकुमार नेपाल दुवै क्षेत्रबाट विजयी भएका छन् ।
उनी यसअघिको पहिलो संविधानसभा चुनावमा दुबै क्षेत्रबाट पराजित भएका थिए।
काठमाडौ‌ र रौतहटबाट उनी विजयी भएको घोषणा शुक्रबार बिहान एकैपटक घोषणा गरिएको हो।
रौतहट- १ मा फोरम लोकतान्त्रिकका अजयकुमार गुप्तालाई पराजित गर्दै उनी विजयी भएका छन् । नेपालले ८३६१ मत पाए भने फोरम लोकतान्त्रिकका गुप्ताले ७८३५ मत पाए ।
नेता नेपालले काठमाडौं- २ बाट भने कांग्रेसकी प्रतिमा गौतमलाई ठूलो मतअन्तरले पराजित गरेका छन् । एमाओवादीका अमिक शेरचन तेस्रो स्थानमा छन् । काठमाडौंको औपचारिक घोषणा हुन बाँकी छ ।