काठमाडौ – उम्मेदवार पतिको हत्या भएपछि चुनावी प्रतिस्पर्धामा उत्रिएकी नजमा खातुन प्रतिस्पर्धीलाई चार हजार मतले पछि पार्दै बारा क्षेत्र नम्बर ४ बाट विजयी भएकी छन् । उनलाई मोहम्मद आलमको मृत्यु भएपछि एमालेले उनलाई क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको हो ।
खातुन जारी मतगणनामा १२ हजार ३ सय ६१ मतसहित विजय पाएकी हुन् । उनलाई नेपाली कांग्रेसका सुनिलकुमार गुप्ताले ७ हजार ३ सय ९३ मतसहित पछ्याएका थिए । सोही क्षेत्रबाट तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार जितेन्द्र सोनारको ५ हजार ५ सय ७ मत पाए ।
संबिधान सभा चुनावको उम्मेदवारी दिएकै भोलिपल्ट असोज १८ गते आलमलाई परवानीपुरस्थित चसावती मिल अगाडि गोली हानिएको थियो । घाइते आलमको उपचारको क्रममा असोज २४ गते ज्यान गएको हो ।
आलम हत्यामा संलग्न भएको अरोपमा प्रहरीले एमालेकै पूर्व सभासद रामचन्द्र प्यासी कुशवाहसहित दुई जनालाई पक्रऊ गरेको छ। EKANTIPUR