– कृष्ण खनाल
भैरहवा, ७ मंसिर । संविधान सभा सदस्य निर्वाचान २०७० मा रुपन्देहीमा मिश्रीत परिमाण आएको छ । सात वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका २ स्थानबाट, नेपाली कांग्रेस, एमाले र तमलोपाले जीत हासिलल गरेको छ भने एक स्थानबाट र राष्टिय प्रजातन्त्र पार्टिले जित हासिल गरेको छ ।
सर्वाधिक चर्चाको विषय भएको रुपन्देही क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका सचिव विष्णु पौडेलले एकिकृत नेकपा माओावादीका बरिष्ठ उपाध्यक्ष डा. बाबुराम भटराईलाई पराजीत गरेका छन। उनले एमाओवादीका बरिष्ठ नेता डा. भटराईलाई ७ हजार ६ सय ४३ मतले पछाडी पारेका छन । त्यस्तै सोही क्षेत्रबाट चुनाव लडेका नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद सुर्य प्रसाद प्रधानलाई ५ हजार ९ सय ४५ मत ले पछाडी पारेका हुन । नेकपा एमालेका सचिव विष्णु पौडेलले १९ हजार ५ सय ७७ मत प्राप्तगरेका थिए भने नेपाली कांग्रेसका सुर्य प्रसाद प्रधानले १३ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए । त्यस्तै एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता डा.बाबुराम भटराईले ११ हजार ९ सय ३४ मत माधत्र प्राप्त गरेका थिए ।
……………..
रुपन्देही क्षेत्र नम्बर २ मा राप्रपाका दिपक बोहोराले निकटमत प्रतिद्धन्द्धी रामकृष्ण ताम्रकारलाई १ हजार ९ सय ४२ मतले पाराजीत गरेका छन ।राप्रपाका दिपक बोहोराले ८ हजार १ सय ५२ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका रामकृष्ण ताम्रकारले ६ हजार २ सय १० मत प्राप्त गरेका थिए । त्यस्तै मधेसी जनाधिकार फोरम लोकतान्त्रीकका देवी चौधरीले ५ हजार ८ सय २५ मात्र मत प्राप्त गरेका थिए ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट झीनो मततान्तरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खाणले नेकपा एमालेका प्रभावसाली नेता घनश्याम भुषाललाई पराजीत गरेका छन । खाणले भुषाललाई जम्मा ८६ मतले पराजीत गरेका थिए । नेपाली कांग्रसका बालकृष्ण खाणले १८ हजार ४ सय ८१ मत प्राप्त गरेकोमा एमालेका घनश्याम भुषाललको मत १८ हजार ३ सय ९५ मात्र रहेको थियो । त्यस्तै जनमुक्ति पार्टीका झमबहादुर गुरुंगले ४ हजार ६ सय २० मत ल्याउदै तेस्रो स्थानमा चित्त बुझाएका छन ।
त्यस्तै निर्वाचन क्षेत्र नं. ५ मा पूर्व अर्थ राज्य मन्त्री तथा नेपाली काग्रेसका उम्मेदवार भरत शाह ५ सय ८ मतले विजयी भएका छन । शाहले १४ हजार २ सय ७४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामनाथ ढकालले १३ हजार ७ सय ६६ मत प्राप्त गरेका छन । रुपन्देहीको बिकट क्षेत्र क्षेत्र नं. ६ मा र शान्तीका अग्रदुत गौतम बुद्धको जन्म स्थल रहेको रुपन्देही क्षेत्र नं. ७ मा मधेशवादी पार्टी तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला र कमलेश्वर पुरी गोश्वामी (मसिना बाबा) विजयी भएका छन ।
क्षेत्र नं. ६ बाट शुक्लले निकटतम प्रतिद्धन्द्धी मधेशी जनाधिकार फोरम नेपालका उम्मेदवार वसिउद्धिन खानलाई ८ हजार ४ सय ६ मत अन्तरले विजयी भएका छन । शुक्लाले १४ हजार ६ सय ९२ मत तथा खानले ४ हजार ८ सय २ मत प्राप्त गरेका थिए ।
रुपन्देही क्षेत्र नम्बर ७ बाट तराईमधेस लोकतान्त्रीका कमलेश्वरपरी गोश्वामीले जीत हासिल गरेका छन। उनले जनजाती पार्टीका लाला लोधलाई ३ हजार १ सय ७४ मतले हराएका हुन । गोश्वामीले ९ हजार २ सय ६३ मत प्राप्त गरेका थिए भने दलित जनजाती पार्टीका लिला लोधले ६ हजार ८९ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै उक्त क्षेत्रबाट मधेसी जनाधिकार फोरम नेपालका फकररुद्धिन फखरुद्धिन खानलाई ३ हजार १ सय ८४ मत अन्तरले पराजित गरेका छन ।
रुपन्देही क्षेत्र नम्बर ६ मा कुल खसेको मत ४० हजार १सय ६ मा बदर मत१ हजार ७ सय २९ र कुल सदर मत ३८ हजार ३ सय ७७ मत रहेको थियो । कुल मतदाता ४९ हजार ५ सय ४२ रहेकोमा यो क्षेत्रमा ८७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएका छ ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर २ मा कुल मतदाता ५६ हजार ८ सय ८५ रहेकोमा ४५ हजार ३ सय २९ मत खसेको थियो भने ४२ हजार७ सय ३६ मत सदरभएको र २ हजार ५ सय९३ म तबदर भएको छ ।
३ लाख ८८ हजार ३ सय १५ मतदाता रहेको रुपन्देही जिल्लामा करिब ७१ प्रतिशत मत खसेको कार्यालयले जनाएको छ । संविधान सभा सदस्य निर्वाचनको लागी समानुपातिक तर्फको मतगणना सर्वदलिय निर्णय अनुसार ८ गते देखि शुरु हुने मुख्य निर्वाचन अधिकृत बालचन्द्र शर्माले जनाएका छन ।