काठमाडौ – पछिल्लो मत परिणाम अनुसार धनुषा ३ बाट बिमलेन्द्र निधि विजयी भएसँगै कांग्रेसले संबिधानसभामा एकसय सिट पक्का गरेको छ ।
देशभर नौ स्थानमा मतगणना जारी रहँदा कांग्रेसले बिभिन्न स्थानमा अग्रता कायमै राखेको छ ।
अघिल्लो निर्वाचनको तेस्रो शक्ति एमालेले अहिले ८९ स्थानमा जित भेट्टाएको छ । केही स्थानमा उसको अग्रता कायम छ ।
पछिल्लो पटक एमाओवादकी महेन्द्रबहादुर शाही कालिकोट-१ बाट विजयी भएका छन् । शाहीको जितसँगै एमाओवादीको २५ सिट सुरक्षित भएको छ ।
मतगणना स्थलबाट आफ्ना प्रतिनिधिलाई बाहिरिने निर्देशन दिएको एमाओवादीले मतदानमा धाँधली भएको आरोप लगाउँदै आएको छ । कालिकोटमा भएको मतगणनामा भने एमाओवादी प्रतिनिधि उपस्थित थिए ।
हालसम्मको मतपरिणाम अनुसार तराई मधेश लोकतान्त्रिक पार्टीको ४ सिट सुरक्षित छ । अध्यक्ष महन्थ ठाकुर सर्लाहीमा पराजित भएपनि अन्य उम्मेदवारले संबिधानसभामा पार्टीको प्रतिनिधित्व गर्ने निश्चित भएको छ ।
विजय कुमार गच्छेदार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले ४ स्थानमा जित हात पारेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टोले ३ स्थानमा जित हात पारेको छ । अध्यक्ष सुर्यबहादुर थापा स्वास्थ्यको कारण देखाउँदै निर्वाचनमा सहभागी भएका थिएनन् । उनका पुत्र सुनिल थापा धनकुटा २ बाट विजयी भए ।
मधेशी जनाधिकार फोरम नेपालले २ सिट जितेको छ । अध्यक्ष उपेन्द्र यादव र अभिषेकप्रताप साहले संबिधानसभामा पार्टोको प्रतिनिधित्व गर्नेछन् ।
सद्भावना पार्टीले १ सिट मात्र जितेको छ भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर १ बाट विजयी भएका छन् ।
संबिधानसभामा तराई मधेश सद्भावना पार्टीको तर्फबाट एक जनाको प्रतिनित्व हुनेछ भने कपिलवस्तु २ बाट विजयी अतहर कमलले स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएर संबिधान सभामा उपस्थिति जनाउँने भएका छन् । EKANTIPUR
काठमाडौं – प्रत्यक्षतर्फ २४० स्थानकै मतपरिणाम आइसक्न लाग्दा मुलुकभरि सामनुपातिकतर्फको मतगणना भइरहेको छ।
पछिल्लो परिणामअनुसार समानुपातिकतर्फ एमालेले १ लाख १० हजार ८४८ मत ल्याएर अग्र स्थानमा रहेको छ। ८० हजार १०० ल्याएर कांग्रेस दोस्रो स्थानमा छ।
समानुपातिकका १० शीर्ष दल
१. एमाले ११०८४८
२. कांग्रेस ८०१००
३. एमाओवादी ५४७०८
४. राप्रपा २००५९
५. राप्रपा नेपाल ८८३८
६. राष्ट्रिय जनमोर्चा ७२२५
७. नेकपा माले ४३५७
८. संघीय समाजवादी ३७३६
९. नेकपा संयुक्त ३५३६
१०. फोरम लोकतान्त्रिक २०५०