काठमाण्डौ । संविधानसभाको निर्वाचनको समानुपातिकतर्फको मतगणनामा एमालेले अग्रता लिएको छ । प्रत्यक्षतर्फ काँग्रेसभन्दा केहीपछि परेको एमालेले समानुपातिकमा भने अग्रता लिएको हो । समानुपातिकतर्फ एमालेले अग्रता लिइरहेको छ भने काँग्रेसले उसलाई पछ्याइरहेको छ । उता प्रत्यक्षतर्फको २४० मध्ये दुई दर्जन सिटमा खुम्चिएको एमाओवादी समानुपातितर्फ पनि निकै कमजोर देखिएको छ ।
साँझ साढे ६ बजेको पछिल्लो मत परिणाम अनुसार एमालेले समानुपातिकतर्फ एमालेले १ लाख २३ हजार ५ सय ४२ मत पाएको छ । यसैगरी एमालेलाई पछ्याइरहेको काँग्रेसले ९३ हजार २ सय ६१ मत ल्याएको छ भने एमाओवादीले ६१ हजार ६ सय २ मत प्राप्त गरेको छ । यस्तै चौथो स्थानमा रहेको राप्रपाले २१ हजार ४ सय २८ मत प्राप्त गर्दा राप्रपा नेपालले भने १४ हजार ८ सय ७५ मत पाएको छ । ONLINEKHABAR