काठमाडौ – मंगलबार सम्पन्न संबिधान सभाको निर्वाचनको समानुपातिकतर्फको जारी मतगणनामा देशभरमा एमाले अगाडि देखिएको छ । प्रत्यक्षपतर्फको मतपरिणाममा कांग्रेस अगाडि भएपछि समानुपातिकमा ऊ दोस्रो छ ।
समानुपातिकतर्फ हालसम्म गनिएको ९ लाख ४१ हजार १५ भोटमध्ये एमालेले २ लाख ६५ हजार भन्दा बढी मत पाएको छ । कांग्रेसले २ लाख ४६ हजार बढी मत पाएको छ । तेस्रो स्थानमा रहेको एमाओवादीको एकलाख ५३ हजार मत छ ।
काठमाडौंमा जारी मतगणनामा भने कमल थापा नेतृत्वको राप्रपा नेपाल अगाडि देखिएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राप्रपा नेपालले काठमाडौंमा अहिलेसम्म ९ हजार नौसय ९८ मत पाएको छ । देशभरमा राप्रपा नेपालले ८१ हजार नौसय मतसहित चौथो स्थानमा छ ।
कांग्रेसको काठमाडौंमा नौ हजार ९८ मत छ । देशभरमा अगाडि देखिएको एमालेको ३ हजार २ सय मत छ । एमाओवादीले काठमाडौंमा हालसम्म २ हजार नौसय मत पाएको छ ।
निर्वाचन आयोगले जारी मतगणनामा एकसय २२ दलले मत पाएको जानकारी दिएको छ । अहिलेसम्म सबैभन्दा कम राष्ट्रिय जनमत पार्टीले देशभरमा ५७ मत पाएको छ । EKANTIPUR