संविधानसभा निर्वाचनको हालसम्म घोषित परिणाममा प्रत्यक्ष तर्फ नौ महिला मात्र विजयी हुन सफल

काठमाण्डौं । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिनुपर्ने मान्यता भए पनि संविधानसभा निर्वाचनको हालसम्म घोषित परिणाममा प्रत्यक्ष तर्फ नौ महिला मात्र विजयी हुन सफल भएका छन् ।
विजयी महिला उम्मेद्वारमा कांग्रेसबाट ५, एमालेबाट ३ र एमाओवादीबाट १ गरी ९ जना विजयी भएका हुन् । दाङ-१ बाट कांग्रेसकी पार्वती डिसी चौधरी विजयी भएकी छिन् । त्यस्तै दाङ-२ बाट कंग्रेसर्क सुशीला चौधरी विजयी भइन् ।
कास्की २ मा कांग्रेस नेतृ शारदा पौडेल विजय भएकी छन् भने बाग्लुङमा पनि कांग्रेसकी ज्ञानकुमार छन्तयालले जीत हात पारिन । त्यस्तै महोत्तरी २ बाट किरण यादव भएकी छन् ।
त्यस्तै नेकपा एमालेकी सीता गिरी कास्की ४ बाट विजयी भइन् । बारा ४ बाट पनि एमालेकी नजमा खातुनले जीत दर्ता गराईन् । उदयपुर २ बाट पनि एमालेकी मञ्जु चौधरी विजयी भइन् । एमाओवादीबाट भने रोल्पा २ की उम्मेद्वार ओनसरी घर्ती विजयी भएको नयाँ पत्रिकामा खबर छ ।
संविधानसभा निर्वाचनमा एमाओवादीले २९, कांग्रेसले २२ र एमालेले २४ मलिालाई उम्मेद्वार बनाएको थियो । त्यस्तै नेमकिपाले ३४, फोरम नेपालले २१, नेपाल परिवार दलले २६ र राष्ट्रिय जनमोर्चाले २८ जना महिला उम्मेद्वार उठाएका थिए । ONLINEKHABAR