काठमाण्डौं । लोकतन्त्र स्थापनापछि चर्कोगरी उठ्दै गरेको जातीय र धार्मिक मुद्दालाई काखी च्यापेर राजनीति गर्न खोज्ने सयौं नेता यसपल्टको चुनावी परिणामले नराम्ररी पछारिएका छन् । सामाजिक रुपान्तरण र जनमुखी कामका लागि गरिनुपर्ने राजनीतिलाई वैयक्तिक लाभको माध्यम बनाउन खोज्दा धेरै उम्मेदवार लज्जाजनक रुपमा पराजित छन् । मेची-कोशीका १० जिल्लामा मात्रै सात सय ८४ उम्मेदवारको जमानत जफत भएको छ ।
उम्मेदवार हुँदा निर्वाचन आयोगमा धरौटी राखेको तीन हजार रुपैयाँ फिर्ता पाउन गणना भएको सदर मतको १० प्रतिशत आफूले ल्याउनुपर्ने नियम छ । तर, जातीय र धार्मिक मुद्दा बोकेर खुलेका नयाँ पार्टीसँगै एमाओवादी, काँग्रेस, राप्रपा, संघीय समाजवादी, फोरमकासमेत दर्जनौं उम्मेदवारले धरौटी फिर्ता नपाउने गरी थोरै मत ल्याएका छन् । जनताले नचाहेको विषयमा राजनीति गर्न खोज्नेहरुलाई उनीहरुको हारले झस्काइदिएको छ ।
आयोगका अनुसार आफू उठेको क्षेत्रमा गणना भएको सदर मतको १० प्रतिशत पनि नल्याउने उम्मेदवार यसपल्टको चुनावमा अत्यधिक छन् । थोरै मत ल्याएर जमानत गुमाउनेमा नौ निर्वाचन क्षेत्र रहेको मोरङमा मात्रै दुई सय ४३ जना छन् । झापामा एक सय ८७, सुनसरीमा एक सय ८५, इलाममा ३१, संखुवासभामा ३०, पाँचथरमा २८, धनकुटामा २७, भोजपुरमा २१, ताप्लेजुङमा १७ र तेह्रथुममा १५ उम्मेदवारको जमानत गुम्दैछ, नागरिक दैनिकमा खबर छ ।
आफ्ना मुद्दालाई