– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । काग्रेसको किल्लाको रुपमा चिनिएको यहाँको दुई क्षेत्रमा कम्युनिष्टले किल्ला तोडेको छ । यस पटक दुवै क्षेत्रमा काग्रेस पराजय भएको छ । बलियो संगठन र जनाधार भएपनि चुनावी रणनीति फितलो हुँदा नराम्ररी बडारिन पुगेको छ । क्षेत्र १ मा एमाओवादीका टोपबहादुर रायमाझी र २ मा एमालेका डा.दुमन थापा विजयी भएका छन ।
२०४८ र ०५१ मा भारी बहुमत ल्याएर काग्रेसले जितेको थियो । क्षेत्र १ बाट रेवतीप्रसाद भुसाल र २ बाट ढुण्डिराज शास्त्री दुई-दुई पटक भारी मतले जितेपछि काग्रेसको केन्द्रिय सदस्य हुँदै मन्त्री सम्म भएका थिए । ०५६ मा एमाले र राष्ट्रिय जनमोर्चाको वाम तालमेलमा पनि झिनो मतअन्तरले काग्रेसका वर्तमान उम्मेदवारद्धय क्षेत्र १ बाट डा.रामबहादुर विसी र २ मा पुष्पा भुसाल पराजित भए । १ मा राष्ट्रिय जनमोर्चाका डिलाराम आचार्य र २ मा डा. डिल्लीराज खनालले जिते । ०५६ मा गुमेका दुवै क्षेत्र ०६४ मा फर्काउने कसरतमा काग्रेस लागेको थियो । ०५६ मा जस्तै वाम तालमेल नभएपछि खनाल र आचार्यले पराजित भए । उनीहरु दुवै जना अहिले एमाओवादीमा छन ।
गिरिजाप्रसाद कोईराला निकटम रहेर विज्ञान मन्त्री समेत भैसकेका केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मा तत्कालिन माओवादीका टोपबहादुर रायमाझीसँग पराजित भएपनि क्षेत्र नं. २ मा पुष्पा भुसाल विजयी भईन । २०४३ सालमा मन्त्री भई विकासवादी नेताको रुपमा चिनिएका उनका पिता काशिनाथ गौतम अहिले पनि चर्चामै छन । उनका वुवाको प्रभावले नै मजबुद भएको काग्रेस र त्यसमा उनले जितेपछि साख जोगिएमा काग्रेसमा उत्साह बढेको थियो । गुमेका क्षेत्र हात पार्ने अवसर र राम्रो जनाधार भएपनि काग्रेस भित्रको अन्तरघात र चुनावी रणनीतिमा जिल्ला पाटी नेतृत्वको कमजोरीले पराजय हुनु परेको भन्दै काग्रेस वृत्तमा अहिले निराशा छाएको छ ।
१२ औ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय राजनीति र विकास प्रेमी नेतासँगै राम्रो छवि भएकी पुष्पा भुसाल एमालेका दुमन थापासँग २५ सय मत अन्तरले पराजित भईन । ०५६ मा हारेपनि अहिले जित्ने मनोसायका साथ डा. रामबहादुर विसी पुनः उम्मेदवार भएका आएका थिए तर एमाओवादीका टोपबहादुर रायमाझीसँग एक हजार ५० मतले पराजित भए ।
०६४ मा जितेर तीन पटक मन्त्री भई जिल्लामा धेरै विकास गरेकोले रायमाझीले आफनो जित स्वभाविकै ठानेको थिए । रायमाझीले जितेपछि एमाओवादीले विजय जुलुस मनाएन । क्षेत्र १ मा जित्न नसकेपनि २ मा एकल नेतृत्वमा चुनाव जितेको खुसीयालीमा बाजागाज सहित सन्धिखर्क एमालेमय भयो । विजय जुलुस मनाउन दुवै निर्वाचन क्षेत्रका हजारौ कार्यकर्ता सदरमुकाम आएका थिए । एमालेले एक्लै चुनाव जितेर देखाईदियो, जिल्ला उपससचिव प्रेमनारायण गैरेले भने, काग्रेसको अब किल्ला सधैका लागि भत्कियो । नसोचेको परिणाम हात परेपछि एमाले मख्ख परेको छ । ईतिहास बोकेका जिल्लाका वरिष्ठ नेताले किल्ला भत्काउन सकेनन । थापाले जिल्लामा एनजीओ मार्फत खानेपानी, आर्यआर्जन लगायतका काम गर्दै आएका थिए । पछिल्लो पटक अमेरिका स्थिर कार्टर सेन्टरका सल्लाहकार थिए ।
सात महिना अघि एमाओवादीबाट एमालेमा प्रवेश गरेका डा.दुमन थापालाई चर्को विवादका बीच दास्रो नम्बरमा उम्मेदवारमा सिफारिस गरेपछि पाटी केन्द्रले जिल्लामा एमाले जन्माएका पिताम्बर भुसाललाई टिकट नदिएर थापालाई दिएको थियो । थापालाई केन्द्रले उम्मेदवारी दिएपछि एमालेभित्र तीव्र असन्तुष्टीका बाबजुद पनि चुनाव जितेर एमालेको इतिहास नै कायम गरिदिए । विजयी नेता थापाले क्षेत्र २ अब ४० वर्ष एमालेको लालकिल्ला बनाउने दावी गरे । राजनीतिमा आफु नयाँ भएकाले संविधान निर्माण र विकास निर्माणमा सरकारी र गैरसरकारी निकायबाट बजेट भित्राई कायपलट पारिदिने दावी गरे । विजयी भएपछि पुन गाउँ घुमिरहेका छन ।
सहजै जित्ने राम्रो जनाधार भएपनि दुवै क्षेत्रबाट पराजित भएपछि काग्रेस भित्र हार्नुको कारण खोजी भैरहेको छ । दुई पुर्वमन्त्री रेवती भुसाल, ढुण्डिाराज शास्त्री सहित दुई केन्द्रिय सदस्य जन्माएको काग्रेस अर्घाखाँचीमा दुवै क्षेत्र पराजयले ठुलो धक्का दिएको छ । शनिवार बसेको जिल्ला समितिको बैठकमा काग्रेसको पकेट क्षेत्रबाटै भोट थोरै खसेको, सभापति सहित नेतृत्व तहले चुनावी रणनीति नबनाएको र ०६४ जस्तो असहज परिस्थितिमा जितेको क्षेत्रमा अहिले बहुमत ल्याएर जित्ने क्षेत्र २ मा पुष्पा भुसाललाई पाटी भित्रका नेताबाटै अन्तरघात भएको भन्दै पाटी नेतृत्वको राजीनामाको माग गर्दै बैठकमा चर्को विवाद भएको र पुरानो अस्तित्वलाई पुनः फर्काउन अब फुटेर होईन जुटेर लाग्नुपर्ने कुरा उठेको एक नेताले बताए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।