काठमाडौं । एकीकृत नेकपा माओवादी लगायतका १४ दलले संविधानसभाको निर्वाचनमा धाँधली भएको भन्दै छानबिनका लागि गरेको आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । चुनावमा धाँधली भएको भन्दै १४ दल आज आयोगमा ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
ज्ञापनपत्र बुझाउन गएका विभिन्न दलका नेताहरुलाई प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोग गठन गर्न नसकिने स्पष्ट पार्दै निर्वाचन अदालतमार्फत जान सुझाव दिएका छन् ।
आयोगका पदाधिकारीहरुसँगको छलफलपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको दोस्रो निर्वाचन २०३६ सालको जनमत संग्रह जस्तै भएको दाबी गरे । rss