अर्घाखाँचीमा महिलाहरु जघन्य हिंसाहरु सहेर बस्न बाध्य

प्रेमनारायण आचार्य
अर्घाखाँची ।  महिलाहरु  जघन्य  हिंसाहरु  सहेर बस्न बाध्य भएको   एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले लैङ्गिक हिंसा अन्त्य गर्न सब आ=आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको सन्दर्भ पारेर महिला तथा बालबालिका कार्यालय अर्घाखाँचीको आयोजना र संयुक्त राष्ट्र जनसङख्या कोषको सहयोगमा जिल्लाको पाली गाविसमा भएको  महिला पुरुष वीचको अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन । वक्ताहरुले महिलाहरुलाई हिंसा गर्ने विरुद्ध बनेको कानून पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा पनि उनीहरुले पिडा सहनु परेको धारणा राखे । 
    सो कार्यक्रममा वोल्ने महिलाहरुले पुरुषहरुले महिला माथि वढि दमन गरेको गुनासो गरे ।

अन्य समाचारहरु