वैद्यसँग कार्यगत एकता गरी आन्दोलन: टोपबहादुर रायमाझी

वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । एमाओवादी नेता टोपबहादुर रायमाझीले चुनावमा सरकारले धाधली गराएर एमाओवादीलाई हराएकाले अब वैद्य माओवादीसँग सहकार्य गरेको सडक आन्दोलनमा जाने बताएका छन । 
उनले पडयन्त्र पुर्वक परिवर्तनको एजेण्डा बोकेको दल एमाओवादीलाई हराएकाले निपक्ष छानविन आयोग गठन गर्नुपर्नेमा जोड दिए । मंसिर ४ को चुनाव परिवतर्नकारीको हार र पश्चगमनकारीको जित भएको छ, रिपोर्टर्स क्लवको साक्षात्कारमा उनले भने, काग्रेस एमालेले ०४७ सालको संविधान ब्युताउने खेलमा लागेका छन । उनले बहुमतीय रुपमा सरकार गठन गरिए मान्य नहुने तर सहमतीय प्रणाली अपनाएर सदनमा भाग लिन सकिने बताए । संविधानसभा एमाओवादीको एजेण्डा भएकाले सदन र सडक संघर्षबाट परिवर्तनकारीको पक्षमा सविधान बनाउने लाग्ने दावी गर्दै वैद्य पक्षीय माओवादीसँग कार्यगत एकता गरी संघर्ष गर्ने बताए । उनले मत पेटीकामा पडयन्त्रपुर्वक धाधली भएकाले एमाओवादीको धेरै सिट नआएको बताए । 
अर्घाखाँची क्षेत्र नं. १ का विजयी भएका रायमाझीलाई  जनताको पक्षमा लोकतान्त्रिक संविधान लेख्न क्लवले सम्मान गर्दै डायरी र कलम उपहार दिएको छ । कार्यक्रम वीरेन्द्र केसीको अध्यक्षता र गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु