शिक्षा पिठो बिनाको बेसन रुपी फेसन हुँदैछ्

राजु खडका 
अध्यक्ष 
अर्घाखाँची संपर्क समिती यु ए ई 
*******************
संसारमा रहेका हरेक जिव जन्तुहरु एसरी दौडिरहेको छन कि समयको काटाले समेत भेट्टाउन छाडीसक्यो। हामी त्यही संसार भित्र बस्ने मानव भनेर नाम दिएको चिज। आँखाले देखेर मस्तिक्सले मनन गरी बल बुद्दी लगाई कुनै पनि कार्य लाई अन्तिम रुप दिने सिपालु मानव जाती ले आज के कसरी के गरिरहेको छ् भन्ने हामी सबैलाई जानकारी छदैछ।
 ॠषिमुनी देखी विद्वानहरुले बाटो देखाये देखी भबिस्यबाणी सम्म गरेको यो संसारमा कहिले हुनु पर्ने भयो भने कहिले नहुनु पर्ने कार्य पनि भयो। हामी एही संसार भित्रको सानो देश नेपालमा बस्ने महान सोच भएका नेपालीहरु। कार्यकुशलता, शिप, ज्ञान, दक्षताको कदर गर्ने हाम्रो समाज। जात भात, उच निच, धनी गरीब, राम्रो नराम्रो मा समानता भन्ने भावना हरेक बस्ती बस्ती र सर्बसाधारणा ब्यक्ती को जिब्रोमा झुन्डिएको बानी। नाता पाता, छर् छीमेकमा मा अैचो पैचो देखी लिएर खेती पाती को मेला मा दौतरी बनेर हिडने हाम्रा दाजु भाई दिदी बहिनीहरु। घरको धुरीमा धुवा नआउन्झेल खाना नखाने हाम्रा देशका राजाहरु यी सबै हाम्रो देश को ईतिहास भयो अब कथा बनाउने तयारीमा तम्सिएका हामी बहादुर नेपालीहरु।
मान्छेले डाँडा पारी के भएको छ भनेर हेर्न जान चाहन्न उस्लाई सबै घर को आगन बाट नै देख्नु पर्यो, मेहनत गर्न जागर छैन सबै समय अनुसार आँखा अघाडी मिल्नु पर्‍यो। दिन प्रतिदिन हाम्रो बानी खराब भन्दा पनि बेकार हुँदै गएको छ्। कोहो जानेर गल्ती गरेको छ कोही लहलहैमा लागेर तर जे भये नि सम्झाउने गुरु छैन भने सम्झाएर मान्ने चेला पनि छैनन।
अहिले को समयमा को माथि कसरी कती विश्वाश गर्ने भन्ने नै प्रश्न सबै को सामु आएको छ्। घर भन्दा बाहिर निस्किये पछी आफ्नै नयाँ लुगा काटेर पुतली जस्तो टालेर बजारको नुक्कड नुक्कड घुम्ने छोरा छोरीले जन्म दिने बाबु आमा लाई चिन्न चाहन्नन किनकी शर्म लाग्छ रे बुडा बुडी भनेर। के जमना आयो हो नयाँ जमानाका यी मान्छेको? पहिला पहिला गाउमा त जुनै पनि बुढा बुढी देखे कि त आशिर्बाद लिनलाई झुक्थे नेपालीका शिरहरु। अहिले मुन्टो पनि नघुमाई हावा को तालमा उडेको जहाज जस्तै दौडीरहेको छ् मान्छे। अब कसरी ति बुढा बुढी बाबु आमाले आफ्ना सन्तान माथि विश्वाश गर्ने त? 
 
गुरु शिस्य को अझै राम्रो सम्बन्ध थियो उहिले। भगवान को अबतार पनि म्याथे कतै। चौतारी को फेदमा लिएको त्यो शिक्षामा कती शिस्टता थियो, सम्मान थियो, सहनशिलता, बिचारको खानि थियो, आफ्नोपन, मित्रता, ज्ञान सबथोक थियो तर अहिले ठुला ठुला भवन भित्र बसेर एथार्थमा मानव जीवन को सत्यता लेखिएका किताबका पाना हरु मा खोजेर व्यबहारमा लिउन कहिले काही जटिल छ भने धेरै असम्भव नै छ्। गुरुको सामु कस्तो व्यबहार हुनु पर्ने हो, साना लाई माया अनी ठुलो लाई आदर भन्ने त अब केही समय मा ईतिहास अनी कथा बन्ने तयारी हुँदैछ। गुरुलाई जिम्मा दिएका हाम्रा छोराछोरिले आफ्नो दायीत्व नबुझे पछी कसलाई गाली गर्ने कि शिक्षक ले पढाउन सकेन भनेर गुरु माथि नै विश्वाश नगर्ने ? घर को बातावरण ठीक पार्नु बल्ल स्कुल पठाउनु भन्ने शिक्षक मा विश्वाश गर्ने।
चक डस्टरको साटो मार्कर पेनले नोटिस बोर्डमा नेपाल को ईतिहासको साटो नयाँ रणनिती जो आफ्नै घरमा आगो लगाउन पठाउछ त्यस्तो मास्टर मा कसरी विश्वाश गर्न सकिन्छ भन्ने अभिभावक को गुनासो पनि चौर चौर मा सुनिन्छ यो कुरो सत्य हो हैन भनी छानबिन गरेर विश्वाश गर्ने कि सुनेर गर्ने। अनी त्यो हुलहाल मा आफ्ना बालक पनि छन कि भनेर नियाल्ने कही कतै लागेका शिक्षक माथि ध्यान दिने कि, नपुन्सक भएर गाउ गाउ चाल्ने ढुङी गुरुको कुरो मा लाग्ने। समाजमा शिक्षा पिठो बिनाको बेसन रुपी फेसन हुँदैछ्। पाठयक्रम युरोप को लिएर समाज एसिया को मा घुसाउने प्रणाली लाई विश्वाश गर्ने, यो सबै शिक्षक, बिधार्थी र अभिभावक ले बुझ्नु पर्ने बिषय हो र मात्र विश्वाश गर्ने कुरो हो।
सभ्यता र बिनम्रताको रस हैनकतै बासना सम्म मिल्ने सम्भावना देखिदैन। दिनहु बिभिन्न खाले संघसंस्थाहरुले हजुर ज्यु भन्दै एक एक गरी जोडेको पैसा गन्तब्य सम्म पुग्दा २५ प्रतिशत पुगे भाग्य भन्ने सम्झनु पर्ने स्थिती रहेको छ्। त्यती मिलेको पनि ब्यबस्थापना हुँदा हुँदै कार्यन्वायन गर्दा गर्दै जीरो हुन्छ अनी कसरी भन्ने त विश्वाशनिय शिक्षा पद्दति लागु गरिएको छ् अनि हामीलाई बिभिन्न ठाउँ बाट सहयोग आएको छ् जस्को कारण हामी आज एती प्रभाबकारी ज्ञान समाज मा बाडन सफल भएका छौ।
एसरी शिक्षालाई बिना गुदोको फल बनाउन राजनीतिले पनि निकै ठुलो भूमिका खेलेको छ्। हुन त नेपालको  न्यायपालिका सम्म पुगेको राजनीति शिक्षा सम्म किन पो नपुगोश र। तर जे भय पनि जग बलियो भये घर बलियो हुने हो भन्ने कुरो धुर्बसत्य हो। कही कतै नजर नपुगे पनि एक पटक सबै को नजर नेपालको शिक्षा ब्यबस्थापना तिर एक पटक जरुरी जाओस। आफ्ना अरुका सन्तानलाई एक भएर हेरिओस किनकी बच्चालाई हुर्कन साथी चाहिन्छ अनी त्यो साथी तेही समाज को हुन्छ जहाँ उ हेर्किएको हुन्छ।
      रङिन क्लब बार मा हेर्ने जिम्मेबारी नेपाली हरुको नजर एक पटक सानो बालक बसेको कक्षा कोठा सम्म पुगोस अनी हिजो आफु बसेको जस्तो गरी महसुस गरोस। बाल बच्चा को सुन्दर भबिश्यको लागि शिक्षा को खाचो छ भनी सपनाहरु पुरा गर्न खाडी मुलुक पसेका नेपाली हरुको पसिना आफ्नो जस्तै गरी मनन गरिओस तब मात्र एक आशा जुन भोली को सुनौलो किरण सँग लहराउने छ् अनी एक शक्तिशाली राष्ट्र भनेर नेपाल चिनिनेछ र अन्त्यमा नेपालको शिक्षा प्रणाली लाई धमिराले जस्तै भित्र भित्र खान पसेका ब्यक्ती हरु यो संसार तिमीहरु बाचुन्झेल मात्र जिवित रहने हैन यो पुस्तौ सम्म चल्ने हो जहाँ तिमीहरुका सन्तान पनि डुल्नेछन अब तिनीहरुलाई अध्यारो मा राख्ने कि उज्यालोमा आँफै बिचार गर्नु। सबै नेपालीहरु  शिक्षालाई पिठो बिनाको बेसन रुपी फेसन हुन नदिनु।