नेलशन मण्डेलाको ९५ वर्षको उमेरमा निधन

दक्षिण अफ्रिकाका प्रजातन्त्रका अभियान्ता तथा पूर्वराष्ट्रपति नेलशन मण्डेलाको ९५ वर्षको उमेरमा आज निधन भएको छ ।
दक्षिण अफिकामा जुलाई १८, १९१८ मा जन्मिएका नेलसन रोलिहलाहल मण्डेला १९९४ मा दक्षिण अफ्रिका राष्ट्रिपति भएका थिए । १९६२ देखि १९९० सम्म राजनैतिक बन्दी भएर जेलमा बसेका मण्डेलालाई १९९३ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
मण्डेलाले युनिभर्सिटी अफ साउथ अप्रि्ककाबाट कानून विषय लिएर १९४२ मा स्नातक गरेका थिए । त्यसको २ वर्षपछि काला जातिहरुको उत्थानको अभियानका लागि अफ्रिका नेसनल कंग्रेस(एयनसी) मा आबद्ध भएका थिए ।
१९४९ मा उनी आफ्नो पार्टी नेता भई सकेका थिए र सत्ता सिन पार्टी रङ्गभेद नीतिका विरुद्ध उनी सक्रिय भए । जनका विरुद्ध राजद्रोहको मुद्दा १९५६ देखि ६१ सम्म चलाइएको थियो तर पछि उनले सफाइ पाएका थिए । पेशागत रुपमा वकील हुँदा हुँदै पनि उनी पूर्णकालिन राजनैतिक नेता पनि थिए । उनी गान्धीको अहिंसावादी अवधारणाबाट निकै प्रभावित भएका थिए । दक्षिण अफ्रिकाका काला जातिलाई राजनैतिक अधिकार नदिन गोराहरुको नीति र कालाजातिहरुको गोराहरु लखेट्ने आन्दोलन भन्दा फरक रुपबाट गोरा र काला दुवै जाति अटाउन सक्ने रङ्गभेद विरुद्धको अभियानमा उनी सक्रिय थिए । आखिरमा उनको त्यो नीतिनै सफल र प्रसंशायोग्य ठहरियो ।
१९६० मा मण्डेलाको पार्टी कालाजातिको समानताको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारले निहत्था जनताको नरसंहार गरेपछि अहिंशावादी मण्डेलाले दक्षिण अप्रि्ककी सत्ता ध्वस्त पार्ने घोषणा गरेका थिए । उनको त्यो घोषणा पछि अप्रि्ककन नेशनल काग्रेस पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । १९६२ मा उनलाई ५ वर्षो कैद तोकेर जेल पठाइएको थियो । सेप्टम्बरमा अस्पतालबाट डिस्चार्ज भएपछि उनको घरमै उपचार हुँदै आएको थियो ।
उनले सन् २०१० विश्वकप फुटबल दक्षिण अफ्रिकामा आयोजना गराउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए र विश्वकपको समापन समारोहमा समेत उपस्थित भएका थिए।