फोरम लोकतान्त्रिकको कांग्रेसलाई समर्थन

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् । 
शुक्रबार, नेपाली कांग्रेसका सभापनि सुशील कोइराला संगको भेटमा उनले यस्तो बताएका हुन् । 
भेटमा कोइराला संग उनले राजनितिक सहमतिका आधारमा कांग्रेसको नेतृत्व आफुलार्य मान्यहुने प्रतिबद्धता जनाए । कोइराला संग गच्छदारले राष्ट्रपति फेर्न आवश्यक नभएको धारणा राखेका थिए । मुलुकलाई द्वन्दमा जान नदिन आफु गम्भीर भएको उनले बताएका थिए । 
गच्छदार सुनसरी क्षेत्र नं. ३ बाट सभासदका लागि निर्वाचित भएका छन् । उनी यसभन्दा पहिलेको चुनावमा सबभन्दा ठूलो पार्टी एमाओवादी सहितको गठबन्धन सरकारका गृहमन्त्रि थिए । चुनाव धाँधली भएको भनेर पुनरावलोकनको माग गर्ने एमाओवादी गठबन्धनमा भने गच्छदार छैनन् । SETOPATI