भारतले गोप्य रुपमा युरेनियम सम्बर्धनका लागि ग्यास सेन्ट्रिफ्युज संयत्र निर्माण गरिरहेको खुलासा

नयाँदिल्ली । भारतले गोप्य रुपमा युरेनियम सम्बर्धनका लागि ग्यास सेन्ट्रिफ्युज संयत्र निर्माण गरिरहेको खुलासा भएको छ । परमाणु प्रसारका लागि काम गर्ने संस्था इन्स्टिच्युट फर साइन्स एण्ड इन्टरनेसनल सेक्युरिटीले निर्माणाधीन सेन्ट्रिफ्युज संयन्त्रको सेटेलाइट फोटोसहित प्रतिवेदन सार्वजनिक गरेपछि यो खुलासा भएको बीबीसीले जनाएको छ । 
भारतको मैसुरमा बनाइएको ग्यास सेन्ट्रिफ्युज संयत्रले परमाणु हतियारका लागि प्रयोग गरिने युरेनियम निर्माणको क्षमता बढाउने छ । 
यसै मार्फत भारत शक्तिशाली परमाणु हतियार बनाउन सक्षम हुनेछ । सन् २०१० मा बनाउन सुरु गरेको यो संयत्र आगामी अप्रिलसम्ममा बनिसक्ने छ । 
यसबारे भारत सरकारले भने कुनै जानकारी दिएको छैन । यसले भारत र पाकिस्तानबीचको परमाणु निर्माणको प्रतिस्पर्धामा बल पुग्ने प्रतिक्रिया आउन थालेको जनाइएको छ । 
सन् १९९८ मा भारतले परमाणु परीक्षण गरेपछि पाकिस्तानले पनि परमाणु परीक्षण गरेको थियो । AGENCIES