संविधानसभाबाट दुई ठूला दल बनेका कांग्रेस-एमालेले प्याकेजमै सहमती गर्ने

काठमाडौं  । संविधानसभाबाट दुई ठूला दल बनेका नेपाली काँग्रेस र एमालेले सरकार गठनको विषयमा छलफल गरिरहेका छन् । 
नयाँ राष्ट्रपतिको चयन गर्नुपर्ने नपर्ने विषयमा फरक फरक धारणा सार्वजनिक गरेका दुबै दलले सबै विषयमा प्याकेजमै सहमति खोज्ने प्रयासमा छलफल गरेका हुन् । 
बबरमहलस्थित शान्ति कोषको सचिवालयमा शुरु भएको दुई दलको बैठकमा सत्ता साझेदारी र सहमतिको राजनीतिलाई कसरी अगाडि बढाउने भन्नेमा केन्द्रीत हुने नेताहरुले जनाएका छन् । 
एमालेले ताजा जनादेशका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरी सत्ता साझेदारी गर्नुपर्ने निर्णय गरेको छ भने काँग्रेसले संविधान जारी भएपछि मात्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी सहमति खोज्न आग्रह गरेको छ । EKANTIPUR