दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधनमा उनीप्रति भावपूर्ण श्रद्धा व्यक्त गर्ने क्रम विश्वभर चलिरहेको छ । मण्डेलाको निधनको दोस्रो रात पनि ठूलो संख्यामा दक्षिण अफ्रिकी जनताले ओवेतोस्थित उनको पूरानो घरमा आफ्नै परस्परा अनुसार मण्डेलाको स्मरण गरेका छन् ।
यस्तै मण्डेलाको निधन भएको जोहानेस्वर्गस्थित घरमा पनि सयौंको संख्यामा मानिसहरु जम्मा भई भावपूर्ण श्रद्धा व्यक्त गरेका छन् । दक्षिण अफ्रिकाका विभिन्न सहरमा पनि श्रद्धाञ्जलि व्यक्त गर्न मानिसहरु जम्मा भएका जनाइएको छ ।
बिहीवार राति निधन भएका मण्डेलाको आगामी मंसिर ३० गते आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टी गरिंदै छ । मण्डेलाले बाल्यकाल बिताएको पूर्वी केपटाउनस्थित क्यूनु गाउँमा उनको अन्त्येष्टीको तयारी गरिएको बीबीसीले जनाएको छ ।
दक्षिणी अफ्रिकी विमान सेवाले क्यूनुका लागि थप विमान सञ्चालन गर्ने जनाएको छ । लामो समयदेखि अस्वस्थ रहेका मण्डेलाको ९५ वर्षको उमेरमा प्रिटोरियास्थित आफ्नै निवासमा निधन भएको हो ।
जातीय विभेद र रंगभेद विरुद्धको शान्तिपूर्ण आन्दोलनका लागि विश्वकै पर्याय बनेका मण्डेला फोक्सोको संक्रमणबाट ग्रस्त थिए । गोराहरुले एकछत्र राज गर्दै आएको दक्षिण अफ्रिकामा कालाजातिको हक, अधिकारका लागि मण्डेलाले शान्तिपूर्ण रुपान्तरण गरेका थिए ।
सन् १९५६ मा पहिलोपटक जेल परेका मण्डेलाले पटक