काठमाडौं । थाईल्याण्डकी प्रधानमन्त्री यिङलक सिनावात्राले संसद भंग गरी आमचुनाव गर्ने घोषणा गरेकी छिन् ।
राष्ट्रब्यापी सम्बोधन मार्फत सिनावात्राले संसद भंग गरी ६० दिन भित्रमा आम चुनाव गराउने घोषणा गरेकी हुन् । विपक्षी आन्दोलनकारीहरुले केही दिनदेखि सडक कब्जा गरी उहांको राजीनामा माग्दै आएका छन् ।
यसअघि थाई संसदका बिपक्षी सांसदहरुले सामूहिक राजीनामा दिएका थिए । विपक्षी प्रदर्शनकारीहरुले संसद भंग र आम चुनाव मात्रै समाधान नभएको भन्दै आन्दोलन जारी राख्ने जनाएका छन् । AGENCIES