६५ औं मानवअधिकार दिवस: नेपालमा मानव अधिकार आयोगले गरेका कारवाही र क्षतिपूर्तिको सिफारिस कार्यान्वयनमा सरकार उदासिन

६५ औं मानवअधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ । ६५ बर्ष अगाडि १० डिसेम्वरका दिन संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको थियो । 
यसैको सम्झनामा विश्वभर मानवअधिकार दिवस मनाइन्छ । नेपालमा मानव अधिकार आयोगले गरेका कारवाही र क्षतिपूर्तिको सिफारिस कार्यान्वयनमा सरकार उदासिन रहँदै आएको छ ।
 
संक्रमणकाल लम्बिदै गर्दा देशमा दण्डहिनता संस्कृतिकै रुपमा विकास भएको भन्दै अधिकारकर्मीहरुले चिन्ता ब्यक्त गर्दै आएका छन् । 
आजै महिलामाथि हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पनि सकिदै छ । गत नोभेम्बर २५ देखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन भएको थियो । Imagechannels